Sunday, September 8, 2024
राशिफलएमसीसी सम्झौता गर्नेलाई कसैले ढुंगा हान्दैनन्, मलाई हान्छन् : केपी ओली
spot_img

एमसीसी सम्झौता गर्नेलाई कसैले ढुंगा हान्दैनन्, मलाई हान्छन् : केपी ओली

काठमाडाैं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीविरुद्धको प्रदर्शनमा छानी छानी ढुंगा हानेको बताएका छन् । पोखरामा आज आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा ओलीले एमसीसी चाहिन्छ भनेर निवेदन हाल्नेलाई जोगाएर आफू बाटामा हिँड्दा ढुंगा हानिएको टिप्पणी गरेका छन् ।

उनले गलत मान्छेलाई ढुंगा हानिएको बताए । उनले भने, ‘तमासा पनि हदको हुन्छ नि, सरकारमा पनि उनै छन् । सरकारमा बस्नेहरुले कार्यकर्ता पठाएर सडक भत्काउन लगाउँछन् । प्रहरी देख्नै हुँदैन ढुंगा हान्न लगाउँछन् । मान्छे देख्दै हुँदैन ढुंगा हान्न लगाउँछन् । ढुंगा पनि कसलाई हान्ने भन्दा एमसीसी नेपालमा ल्याउन पाउँ भनेर आफू प्रधानमन्त्री हुँदा चिठी लेखेर निवेदन हाल्ने झलनाथ खनाल बाटाबाट हिँड्दा ढुंगा हान्दैनन् । ताली बजाउँछन् ।’

तिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे आफूलाई मात्र ढुंगा हानिएको भन्दै प्रश्न गरेका छन् ।

-Google Ads-

डा‍‍. बाबुराम भट्टराई र झलनाथ खनाललाई ताली बजाउने तर, आफूलाईचाहीँ किन ढुंगाा हानिएको भन्दै अध्यक्ष ओलीले प्रश्न गरेका हुन् । अध्यक्ष ओलीले भने, ‘एमसीसी नेपालमा ल्याइपाउँ भनेर निवेदन दिने झलनाथ खनाल बाटोबाट हिँड्दा ढुंगा हान्दैनन्, ताली बजाउँछन् । एमसीसी अगाडि बढाउनुपर्छ भन्ने डा। बाबुराम भट्टराई हिँड्दा ढुंगा हानिँदैन । नेपाली कांग्रेसले एमसीसी पास गर्नुपर्छ भन्छ, ढुंगा हानिँदैन । सभामुखलाई पनि ढुंगा हानिँदैन ।’

एमसीसी पास गर्न मरिहत्ते गर्नेहरुलाई कसैले ढुंगा हान्ने तर, आफू बाटो हिँड्दा भने ढुंगाा हानिएकोमा उनले आपत्ति जनाए । उनले भने, ‘एमसीसी सम्झौता गर्नेहरुलाई कसैले ढुंगा हान्दैनन्, म बाटोबाट हिड्छु, ढुंगा हान्छन् । यो के भइरहेको छ रु’

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

४० उत्कृष्ट सरकारी कर्मचारी पुरस्कृत

स्वदेशमै बसौं कि विदेश जाऊँ?

आज गणेश चतुर्थी पर्व

भदौ २२ गते शनिवारको भाग्यफल

spot_img