काठमाडौँ ।
पल शाहको म्यानेजर भनिएका कृष्ण जोशि एक युट्युब च्यानलको सम्पर्कमा आएका छन् । सो कुराकानिमा म्यानेजर कृष्णले पल माथि भएको सड्यन्त्रको पस्चाताव भएको बताए ।
व्यक्तिगत रिसिइबिका कारण कृष्ण, सरोज ओली, दुर्गेश थापा लगायतको टिमले पटक पटक मिटिगंमा बसेर पल विरुद्ध गम्भिर षड्यन्त्र रचेको समेत कृष्णले स्विकारेका छन् । कृष्णले अहिलेसम्म बाहिर नआएका रहस्यहरु खोलेका छन् ।
दुर्गेशलाई कार्यक्रमबाट हटाउन थालियो : चर्चित अभिनेता पल शाहलाई सिध्याउन भन्दै हात धोएरै लागिपरिरहेका गायक तथा मोडल दुर्गेश थापालाई महोत्सवबाट हटाइएको छ । अभिनेता पल शाहको केसमा दुर्गेशले योजना नै बुनेर पलविरुद्ध चालेको कदमपछि उनलाई आज रबाट सुरु भएको ‘सुदूरपश्चिममा प्रादेशिक महोत्सव’बाट हटाइएको हो ।
अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा महोत्सव आज अर्थात १३ देखि २५ फागुनसम्म आयोजना हुन लागेको महोत्सवमा दुर्गेशले सांगीतिक प्रस्तुति दिने कार्यक्रम तय भएको भएता पनि उनको पछिल्लो गतिविधिसहितको अडियो भाइरल बने लगत्तै उनलाई कार्यक्रमबाट हटाइएको आयोजकले जनाएको छ ।
महोत्सव आयोजक अत्तरिया उद्योग बाणिज्य संघका महासचिब यज्ञराज जोशीका अनुसार अभिनेता पल शाहको प्रकरणमा विवादित भएपछि महोत्सव र उनी दुबैलाई राम्रो नहुने भएकाले यो निर्णय लिइएको बताए ।