Wednesday, March 26, 2025
समाजपल शाहले अडियो सार्वजनिक गरेपछि पहिलो पटक मिडियामा आइन् किशोरी, भनिन् ‘वास्तविक...

पल शाहले अडियो सार्वजनिक गरेपछि पहिलो पटक मिडियामा आइन् किशोरी, भनिन् ‘वास्तविक कुरा इडिट गरेर अडिओ सार्वजनिक भएको रहेछ’

काठमाडौ ।

एक १७ वर्षीया किशोरीलाई उनको इच्छा विपरित कर णी गरेको आरोपमा प्रहरीमा उजुरी परेपछि फरार रहेका अभिनेता पल शाहले आफु निर्देश रहेको र आफुलाई फसाउन ठूलो ष’डयन्त्र भएको भन्दै केही अडियो सार्वजनिक गरे । प्रहरीको सम्पर्कमा नआएका उनले सामाजिक सञ्जाल फेसवुक मार्फत स्टाटस सहित अडियो सार्वजनिक गरे ।

त्यसमा ति किशोरी सहित केही युवाले पललाई कसरी फ’साउने भनेर योजना बनाएको सुन्न सकिन्छ । पक्राउ पुर्जी जारी भएको दुई दिन बितिसक्दा पनि प्रहरीले उनलाई पक्रन भने सकेको छैन। पल शाहले अडियो सार्वजनिक गरेपछि पीडित किशोरीले भने पलको यो कार्यले आफूलाई थप पीडा दिएको गुनासो गरेकी छन्।

उनले सम्बन्धले दिएको पीडाले केही समय मिडियामा समेत आउन नसकेको बताएकी छन्। एक टेलिभिजन कार्यक्रममा कुरा गर्दै ती किशोरीले आफू कसैको उक्साहटमा उजुरी दर्ता गर्न नगएको बताएकी छन्। उनले आफू साँच्चै अन्यायमा परेको भनेर रुँदै सुनाएकी छन्।

किशोरीले आफूले अन्धो भएर पललाई माया र विश्वास गरेको तर उनले स्वार्थ पूरा भएपछि छाडेको आरोप लगाएकी छन्। आफूविरुद्ध अन्याय भएका सार्वजनिक घटना सबै सत्य भएको उनको जिकिर छ।

यो घटना बाहिर नल्याउन आफूलाई दबाब दिइएका कारण विभिन्न समयमा पलको बचाउमा बोल्न बाध्य भएको ती किशोरीले बताएकी छन्। यस क्रममा किशोरीले पलसँग आर्थिक बार्गेनिङ गरेको कुरा झुटो भएको दाबीसमेत गरेकी छन्।

उनले भनेकी छन्, ‘मैले पीडा सहन नसकेर साथीहरूलाई बताएको हुँ। मैले धेरै कुरा बाहिर नल्याएकाले धेरैले मलाई गाली गर्नुभएको छ। आर्थिक बार्गेनिङको कुरा झुटो हो। वास्तविक कुरा इडिट गरेर केही अडिओ सार्वजनिक भएको रहेछ।’ उनले आफू दोषी भएका खण्डमा पनि कानुनअनुसार सजाय भोग्न तयार रहेको बताएकी छन्।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img