समग्रमा राशिफल: मेष, मिथुन र सिंह राशिका जातकहरूका लागि यो साता सकारात्मक रहनेछ। मेषले विविध अवसरहरू प्राप्त गर्नेछन् भने शत्रु र प्रतिस्पर्धीहरू पछि पर्नेछन्। मिथुनले आफ्नो मिहिनेतबाट सफलता प्राप्त गर्नेछन्। सिंहले आफ्नो बोली र व्यवहारले धेरैलाई प्रभावित पार्नेछन्। तर सप्ताहको अन्त्यतिर पारिवारिक माहोलमा केही बाधा आउन सक्छ। बृष, कर्कट, कन्या, तुला र वृश्चिकका लागि यस सातामा मिश्रित अनुभव आउनेछन्। बृषले आफ्नो गोपनीयतामा सचेत रहनुपर्नेछ। कर्कटले आलोचकहरूको सामना गर्नुपर्ने हुनेछ तर सहयोगीहरू पनि जुट्नेछन्। कन्याले खानपानको आनन्द लिनेछन् भने व्यवसायमा प्रगति हुनेछ। तुलाको मिहिनेतबाट अरूले फाइदा उठाउन सक्छन्। वृश्चिकलाई नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ।
धनु, मकर, कुम्भ र मीनका लागि यो साता सामान्य रहनेछ। धनुले प्रतिष्ठित कामहरू हात पार्न सक्नेछन्। मकरले केही अप्ठ्यारा परिस्थितिहरूको सामना गर्नुपर्ने हुनेछ तर सहयोगीहरू जुट्नेछन्। कुम्भलाई रमाइलो यात्राको अवसर आउनेछ भने आर्थिक अवस्थामा समेत सुधार आउनेछ। मीनलाई शत्रु र रोगबाट मुक्ति मिल्नेछ तर सप्ताहको अन्त्यतिर स्वास्थ्य कमजोर हुन सक्छ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सुरुमा केही व्यवधान देखिए पनि साता उत्साहवर्धक नै रहनेछ। अध्ययनमा ध्यान नपुगे पनि मिहिनेतले सफलता दिलाउनेछ। प्रतिस्पर्धाको दौडमा सहयात्रीहरूलाई सजिलै उछिन्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। शत्रु र प्रतिस्पर्धी पछि पर्नेछन् भने बाधाहरू स्वतः हट्नेछन्। रचनात्मक कामतर्फ अग्रसर भइनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सुरुमा घरेलु समस्याले अल्झाउन सक्छ। आफ्ना कमजोरी बाहिरिनाले अवसरवादीहरूले मौकाको फाइदा उठाउन सक्छन्, गोपनीयतामा सजग रहनुहोला। साेमवारदेखि परिस्थिति केही अनुकूल बन्नेछ र केही अवसर पनि प्राप्त हुनेछन्। लगनशीलताले पढाइको स्तरमा सुधार ल्याउनेछ। विदेश ताक्नेहरूलाई सम्भावनाकाे ढाेका खुल्नेछ। आँटले काम सम्पादन हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन्। सप्ताहान्तमा मित्रता र प्रेमकाे बन्धन कसिलाे हुनेछ। यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको स्मरण गरि कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सुरुमा साथीभाइकाे सहयाेगले काम बन्नेछ। तर सधैं अरूको भरपर्दा काम रोकिन सक्छ। गोपनीयता बाहिरिनाले समस्या पर्नेछ। प्रशंसकहरू आलाेचककाे प्रभावमा पर्नाले विराेधमा उत्रन सक्छन्। आफ्नैबाट धोका पाइने समय रहेकाले सावधान रहनुहोला। बुधवारदेखि काममा लगनशीलता बढ्नेछ। अध्ययनमा प्रगति हुनेछ। मिहिनेत गर्दा नाम र दाम पनि हातलागी हुनेछ। यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग हरियो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सुरुमा काम गरेर दाम र प्रतिष्ठा आर्जन गर्न सकिनेछ। बाेलीकाे प्रभाव बढ्नाले व्यवसायमा पनि फाइदा हुनेछ। नयाँ स्थानकाे यात्रा हुन सक्छ। आँटले काम सम्पादन हुनेछ्न्। बुधवारदेखि भने गाेपनीयतामा सावधान रहनुहाेला। परिवारमा असमझदारी बढ्नेछ भने आलोचकहरूले पनि दुःख दिनेछन्। तापनि सहयोगीहरू जुट्नाले धेरै काम बन्नेछन्। लगनशीलताले सफल भइनेछ। अध्ययनकाे लगावले राम्रै उपलब्धि दिलाउनेछ। यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग सिन्दुरे वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गरि कार्य गर्नाले राम्रो हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बोली र व्यवहारले धेरैलाई प्राभावित पार्न सकिनेछ। कामको प्रभावले विशेष अवसर दिलाउनेछ। अध्ययनमा प्रगति हुनेछ र लेखन कलामा पनि निखारता आउनेछ। आम्दानीका स्रोत बढ्नेछन्। बुद्धिको उपयोगले सफलता प्राप्त हुनेछ। विभिन्न भौतिक साधन जुटाउन सकिनेछ। सहयाेगीहरूले साथ दिने हुँदा नयाँ कामतर्फ आकर्षित भइनेछ। सप्ताहान्तमा भने पारिवारिक माहाेल अनुकूल नहुनाले काममा समेत बाधा पर्न सक्छ। यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व असहायलाई सहयोग गर्नाले ग्रह पीडा कम हुनेछ र लाभ मिल्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
खर्चिलाे काम थाल्नाले साताकाे प्रारम्भमा अर्थअभावले सताउनेछ। सानाे कामका लागि अधिक रकम खर्चनुपर्ने हुन सक्छ। दाैडधुपमा अधिक समय बित्नेछ। साेमवार दिउँसाेदेखि स्थितिमा सुधार आउनाले उत्साह जाग्नेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। अध्ययनमा प्रगति हुनेछ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। पेसा–व्यवसायमा पनि प्रगति हुनेछ। यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व असहायलाई सहयोग गर्नाले ग्रह पीडा कम हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रारम्भमा प्रशस्त आम्दानी हुने काम गर्न सकिनेछ। काममा मनग्य फाइदा हुनेछ। अर्थलाभ हुनाले महत्त्वपूर्ण काम गर्ने आँट जाग्नेछ। साेमवार र मंगलवार भने उठेकाे रकम बाहिरिन सक्छ। महत्त्वाकांक्षाले अधिक खर्च बढाउनेछ। सरसापटमा पनि धन बाहिरिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन्। बुधवारदेखि रोकिएका काम बन्नुका साथै कर्मयोगले उचाइको बाटो समाउनेछ। यो साताका लागि शुभ अङ् ३,९ र शुभ रङ्ग गुलाबी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लाेकप्रिय कामले उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरू नजिकिन सक्छन्। आँटले काम बन्नेछ भने मेहनत गर्दा मनग्य आर्जन हुनेछ। साेमवार र मंगलवार नयाँ काम थाल्न सकिनेछ। आयस्राेत पनि सबल बन्नेछ। विद्यार्थीका लागि नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। बुधवारदेखि केही धन बाहिरिन सक्छ। खर्च बढ्नेछ र काम दोहोर्याउनुपर्ने हुन सक्छ। यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीले स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सामाजिक क्षेत्रबाट हौसला प्राप्त हुनेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। प्रतिष्ठित काम हातपार्न सफल भइनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ। बीचमा केही समस्या देखिए पनि काम बन्नाले मनग्य धनलाभ हुनेछ। सानाे प्रयत्नले राम्राे उपलब्धि हातलागी हुनेछ। नोकरी तथा दिगो काम प्रारम्भ हुन सक्छ। बुधवारदेखि मनग्य आम्दानी हुनेछ। यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग आकाशे हो । शुभकर्म गर्नु पूर्व भोकालाई खाना दिएर सहयोग गर्नाले ग्रह पीडा कम हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रारम्भमा अस्वस्थताका बाबजुद कामको बोझ बढ्नेछ। अरूको स्वार्थमा उपयोग भइएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ। तापनि सोमवारदेखि स्थितिमा सुधार आउनेछ भने नयाँ अवसरले उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। रोकिएको काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। लगनशीलताले समस्या सुल्झाउन सकिनेछ। पहिलेका चुनौती पार लाग्नेछन्। यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्णजीको दर्शन गरे राम्रो हुन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सुरुमा प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। सहयोगीहरूको साथ जुट्नेछ। व्यापार बढ्नेछ। रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ। आइतवार साँझदेखि शाारीरिक वा मानसिक रूपमा केही कमजोर भइनेछ। अर्थअभावले चिताएकाे काम राेकिन सक्छ। बुधवारपछि स्थितिमा सुधार आउनेछ। राेकिएका काम पनि क्रमशः सम्पादन हुनेछन्। पेसा–व्यवसायमा राम्रै उपलब्धि प्राप्त हुनेछ। यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग रातो हो । शुभकर्म गर्नु पूर्व महाकालीको आरधना गरि कार्य गर्दा सफलता प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
द्वन्द्व बढे पनि प्रतिस्पर्धीहरू पछि हट्नाले काममा उत्साह जाग्नेछ। शत्रु र रोगबाट मुक्ति मिल्नेछ। मिहिनेत गर्दा राम्रै उपलब्धि प्राप्त हुनेछ। अध्ययनका सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। प्रियजनसँगको भेटघाटले हर्ष बढ्नेछ। व्यापार बढ्नाले आयस्रोत सबल हुनेछ। आतिथ्यपूर्ण सम्मान र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। बुधवारदेखि स्वास्थ्य कमजाेर हुनाले काम राेकिन सक्छ। यो साताका लागि शुभ अङ्क १,४ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको स्मरण गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।