मनोरञ्जनहेटौँडाकी रोसमेरीले जितिन् ग्राण्ड मिस एसईई अवार्ड

हेटौँडाकी रोसमेरीले जितिन् ग्राण्ड मिस एसईई अवार्ड

हेटौँडा । हेटौँडा–७ की रोसमेरी थिङले ग्राण्ड मिस एसईई अवार्ड–२०२६ को उपाधि जितेकी छन् । विद्यालय शिक्षाको पहिलो खुड्किलोका रूपमा लिइने एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरूबीच भएको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै उनले उपाधि जितेकी हुन् ।

काठमाडौंमा सिल्भर इन्टरटेन्मेन्टद्वारा आयोजित ग्राण्ड एसईई अवार्ड–२०२६ मा सहभागी प्रतिस्पर्धीहरूलाई पछि पार्दै रोसमेरीले ग्राण्ड मिस एसईईको ताज पहिरिएकी हुन् । निर्णायकहरूले व्यक्तित्व, प्रस्तुति कला, आत्मविश्वास, प्रतिभा प्रदर्शन तथा समग्र क्षमताका आधारमा विजेता छनोट गरेका थिए ।

हेटौँडा–७ मा रहेको तासिर इङ्ग्लिस बोर्डिङ स्कुलबाट एसईई परीक्षा उत्तीर्ण गरेकी रोसमेरीले उपाधिसँगै नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन् । त्यससँगै उनले दुई वर्षे निःशुल्क एयर होस्टेस तालिम, दुई वर्षे कलाकारिता तालिमलगायतका पुरस्कारसमेत हात पारेकी छन् ।

विभिन्न चरणमा भएको प्रतिस्पर्धामा सहभागीहरूले आफ्नो क्षमता प्रस्तुत गरेका थिए । उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई ताज, पदक, स्यास तथा सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा सांस्कृतिक प्रस्तुति, फेशन शो तथा मनोरञ्जनात्मक प्रस्तुति पनि समावेश गरिएको थियो ।

विजेता रोसमेरीले अध्ययनसँगै कला क्षेत्रमा पनि आफ्नो लगाव रहेको बताउँदै आगामी दिनमा दुवै क्षेत्रलाई समेटेर अघि बढ्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img