वि.सं. २०८२ असार १० गते मङ्गलबार, इ.सं. २४ जुन २०२५ का दिन आषाढ कृष्णपक्षको चतुर्दशी तिथि साँझ ६:३० बजेसम्म रहनेछ, त्यसपछि औँसी तिथि आरम्भ हुनेछ। आज सूर्योदय बिहान ५:११ बजे र सूर्यास्त बेलुका ७:०१ बजे हुनेछ। रोहिणी नक्षत्र दिउँसो १२:४७ बजेसम्म रहनेछ, त्यसपछि मृगशिरा नक्षत्र लाग्नेछ। शूल योग बिहान ९:५४ बजेसम्म रहनेछ, त्यसपछि गण्ड योग हुनेछ। विष्टि करण बिहान ७:३६ बजेसम्म रहनेछ र त्यसपछि शकुनी करण लाग्नेछ। आज चन्द्रमा वृष राशिमा राति १२:०६ बजेसम्म रहनेछ, त्यसपछि मिथुन राशिमा प्रवेश गर्नेछ। ग्रीष्म ऋतु अन्तर्गत पर्ने यो दिन उत्तरायणअन्तर्गत रहेको छ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज तपाईंको भाग्यले साथ दिनेछ, धन कमाउने राम्रो अवसर आउन सक्छ। तर याद गर्नुहोस्, पैसा कमाउनु जति महत्वपूर्ण छ, उति नै आफ्नो इज्जत र मर्यादा बचाउनु पनि आवश्यक छ। आडम्बर गर्नुभन्दा वास्तविकतामा बसेर काम गर्नु उत्तम हुनेछ। अचानक कुनै शुभ समाचार वा आकस्मिक लाभ पाउन सक्नुहुन्छ, जसले तपाईंलाई आश्चर्यचकित पार्न सक्छ। अनुभवी व्यक्तिहरूसँगको सल्लाहले तपाईंको जीवनमा नयाँ मोड ल्याउन सक्नेछ। आजको दिनमा सेतो रङ लगाउनु वा दक्षिण दिशातर्फ यात्रा गर्नु भाग्यवर्धक हुनेछ। ॐ अं अङ्गारकाय नमः मन्त्रको १० पटक जप गर्नाले पनि शुभ फल प्राप्त हुनेछ।
वृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज तपाईंको सपना र यथार्थ बीचको फरक घट्नेछ, जसले गर्दा तपाईंले आफ्ना लक्ष्यहरू प्राप्त गर्न सक्नुहुनेछ। केही जोखिम उठाउनुपर्ने अवस्था आउन सक्छ, तर चिन्ता नलिनुहोस्, भाग्यले तपाईंको साथ दिनेछ। कार्यक्षेत्रमा वरिष्ठहरूको सहयोग पाउनुहुनेछ, जसले तपाईंको क्षमता र प्रतिभालाई उजागर गर्न मद्दत गर्नेछ। प्रेमजीवनमा सानातिना मतभेद हुन सक्छ, तर समझदारीपूर्वक कुरा गर्ने हो भने सम्बन्ध अझ मजबुत हुनेछ। आजको दिनमा रङ्गीबिरङ्गी वस्त्र लगाउनु वा पूर्व दिशातर्फ यात्रा गर्नु शुभ हुनेछ। ॐ द्रां द्रीं द्रौं सः शुक्राय नमः मन्त्रको ११ पटक जप गर्नाले धेरै फाइदा हुनेछ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज धेरै मौजमस्ती गर्ने हो भने आर्थिक समस्या बढ्न सक्छ, त्यसैले खर्च गर्दा सावधानी अपनाउनुहोस्। यदि तपाईं खानेकुरा, पेय पदार्थ, वा सौन्दर्य प्रसाधनको व्यापार गर्नुहुन्छ भने आज राम्रो आम्दानी हुनेछ। घरमा कसै नयाँ मानिस आउन सक्छ, त्यसैले थोरै सतर्क रहनु होला। आजको दिनमा सेतो रङ लगाउनु वा उत्तर दिशातर्फ यात्रा गर्नु फाइदाजनक हुनेछ। ॐ कालभैरवाय नमः मन्त्रको २१ पटक जप गर्नाले नकारात्मक ऊर्जाबाट बचाउनेछ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज तपाईंको बुद्धि र ज्ञानको प्रभाव बढ्नेछ, जसले गर्दा तपाईंले आफ्नो क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्न सक्नुहुनेछ। सहयोगीहरूको साथमा काम गर्नाले ठूलो सफलता प्राप्त गर्न सकिनेछ। काममा जुनियर स्टाफ वा साथीहरूले केही चिन्ता दिन सक्छन्, तर तपाईंले आफ्नो क्षमता अनुसार अवसर पाउनुहुनेछ। पदोन्नति वा विशेष जिम्मेवारी पाउने सम्भावना छ। आजको दिनमा सेतो वा उज्ज्वल रङ लगाउनु वा पश्चिम दिशातर्फ यात्रा गर्नु शुभ हुनेछ। ॐ धनदाय नमः मन्त्रको २१ पटक जप गर्नाले धनलाभ गराउनेछ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज तपाईंले काममा धेरै व्यस्त रहनुहुनेछ, तर यसले तपाईंको प्रगतिमा बाधा पुर्याउनेछैन। प्रेमी वा प्रेमिकासँग कामको व्यस्तताको बारेमा पहिल्यै बताउनुहोस्, जसले गर्दा मनमुटाव हुनेछैन। दाजुभाइ वा ससुराली पक्षसँग सम्पर्क गरी खबर आदानप्रदान गर्नुहोस्। काममा सहकर्मीहरूसँग राम्रो समन्वय बनाउन सक्नुहुनेछ। नयाँ प्रविधिको प्रयोग गर्नाले उत्पादनमा वृद्धि गर्न सकिनेछ। आजको दिनमा गुलाबी वा सिन्दुरे रङ लगाउनु वा दक्षिण दिशातर्फ यात्रा गर्नु भाग्यवर्धक हुनेछ। ॐ भूमिनन्दनाय नमः मन्त्रको १० पटक जप गर्नाले सफलता दिलाउनेछ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज तपाईंको बुद्धि र ज्ञानप्रति रुचि बढ्नेछ। शुभचिन्तकहरूको साथ पाउनुहुनेछ र केही सुखद समाचार सुन्न पाउन सक्नुहुन्छ। तर याद गर्नुहोस्, असम्भव आशाको पछि लाग्दा नोक्सानी हुन सक्छ। कालीगढी, मरम्मत, काठपात, प्लास्टिक वा रबर सम्बन्धी कारोबार गर्नेहरूका लागि आज राम्रो दिन छ। सामाजिक कार्यक्रममा सहभागी हुन पनि फाइदाजनक हुनेछ। तर नियमित काममा केही बाधा आउन सक्छ, त्यसैले धैर्य राख्नुहोस्। आज रङ्गीबिरङ्गी वस्त्र लगाउनु वा पूर्व दिशातर्फ यात्रा गर्नु शुभ हुनेछ। ॐ दैत्यगुरवे नमः मन्त्रको ११ पटक जप गर्नाले शुभ फल प्राप्त हुनेछ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज शरीरमा थकान महसुस हुन सक्छ र उत्साहमा केही कमी आउन सक्छ। तर आफूलाई प्रसन्न राख्न प्रयास गर्नुहोस्, किनभने आज तपाईंको हौसला आफन्तहरूका लागि पनि आवश्यक छ। सहकर्मीहरूसँग मिलेर काम गर्ने हो भने अझ राम्रो परिणाम आउनेछ। दबाबमा गरेको कामले पछि समस्या ल्याउन सक्छ, त्यसैले शान्त मनले निर्णय गर्नुहोस्। साना कुरामा ध्यान नदिनुहोस्, किनभने आज इच्छा अनुसार सबै कुरा पूरा हुने छैन। गुलाबी रङ लगाउनु वा उत्तर दिशातर्फ यात्रा गर्नु भाग्यवर्धक हुनेछ। ॐ हं हनुमते रुद्रात्मकाय हुं फट् मन्त्रको २१ पटक जप गर्नाले बाधा हटाउनेछ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज आम्दानी राम्रो हुनेछ, तर मन चञ्चल र भावुक हुन सक्छ। परिवारका साथ केही समय बिताउनुपर्ने हुन्छ। प्रेमजीवनमा पुराना सुमधुर यादहरू मनमा उठ्न सक्छन्, जसले गर्दा मन भावुक हुनेछ। यदि तपाईं कला वा अभिनय क्षेत्रसँग जोडिएका हुनुहुन्छ भने, आज आफ्ना विचारहरू लेख्न थाल्नुहोस्, यी भविष्यमा काम लाग्नेछन्। रातो रङ लगाउनु वा पश्चिम दिशातर्फ यात्रा गर्नु शुभ हुनेछ। ॐ क्रां क्रीं क्रौं सः भौमाय नमः मन्त्रको १० पटक जप गर्नाले सकारात्मक ऊर्जा दिनेछ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज अनावश्यक चिन्ता लिने होइन, किनभने यसले मात्र मनमा नकारात्मकता ल्याउनेछ। काममा पनि उत्साह कम महसुस हुन सक्छ, तर हार नमान्नुहोस्। आइपरेका चुनौतीहरूमा डटेर खडा हुनुहोस्, यसले भविष्यमा ठूलो सफलता दिनेछ। स्वास्थ्य र खानपिनप्रति विशेष ध्यान दिनुहोस्। प्रकृतिमा केही समय बिताउनाले मन शान्त हुनेछ। परिवारको इच्छा र चाहनालाई बेवास्ता नगर्नुहोस्, किनभने तिनीहरू नै तपाईंको आधार हो। गुलाबी रङ लगाउनु वा दक्षिण दिशातर्फ यात्रा गर्नु फाइदाजनक हुनेछ। ॐ धरणीसुताय नमः मन्त्रको १० पटक जप गर्नाले भाग्य बलियो बनाउनेछ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज काममा गोपनीयता बनाइराख्नुहोस्, यसले तपाईंलाई प्रशंसा बटुल्न मद्दत गर्नेछ। घरपरिवार र छोराछोरीलाई समय दिन नबिर्सनुहोस्। साथीहरूसँग रमाइलो गर्दा समय कति बित्यो पत्तै पाउनुहुनेछैन। प्रेमजीवनमा केही अपेक्षा राख्नु भएको छ भने यो दिन राम्रो छ। ज्ञान बढाउने काममा समय खर्च गर्नुहोस्। छोराछोरी वा भाइबहिनीहरूसँग समय बिताउनुहोस्, यसले आत्मीयतालाई अझ बढाउनेछ। सेतो रङ लगाउनु वा पूर्व दिशातर्फ यात्रा गर्नु शुभ हुनेछ। ॐ शारदादेव्यै नमः मन्त्रको ११ पटक जप गर्नाले बुद्धि बढाउनेछ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज मौजमस्तीमा धेरै समय खर्च गर्नुभन्दा काममा ध्यान दिनुहोस्, नत्र लक्ष्य प्राप्तिमा कठिनाइ आउन सक्छ। अरूले तपाईंको विषयमा अधिकार जमाउन सक्छन्, त्यसैले सचेत रहनुहोस्। भेटघाट गर्दा समय र स्थान छनौट गर्न सावधानी अपनाउनुहोस्। कानूनी नियमहरू कडाईपूर्वक पालना गर्नुहोस्। सहकर्मीहरूसँग सद्भाव बनाइराख्नुहोस्, तर अधीनस्थहरूलाई अति विश्वास नगर्नुहोस्। सिम्रिक रातो रङ लगाउनु वा उत्तर दिशातर्फ यात्रा गर्नु भाग्यवर्धक हुनेछ। ॐ भ्रामरीदेव्यै नमः मन्त्रको ११ पटक जप गर्नाले सुरक्षा प्रदान गर्नेछ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज परिवारमा सुखद वातावरण रहनेछ। साथीहरूसँग भेटघाट गर्दै नयाँ योजना बनाउन सक्नुहुनेछ। कतै भ्रमणमा जाने मौका पनि आउन सक्छ। मेहनतको फल पाउने समय हो, जसले गर्दा आफन्तहरूको बीचमा आत्मसम्मान बढ्नेछ। दाजुभाइ वा छिमेकीहरूलाई सहयोग गर्दा खुसी लाग्नेछ। आफ्नो पहिचान र प्रतिष्ठा बढाउने राम्रो अवसर हो। गुलाबी रङ लगाउनु वा पश्चिम दिशातर्फ यात्रा गर्नु शुभ हुनेछ। ॐ धरात्मजाय नमः मन्त्रको १० पटक जप गर्नाले सफलता दिलाउनेछ।