Monday, February 17, 2025
देशगाउँपालिकामा ३६ दिन तालाबन्दी

गाउँपालिकामा ३६ दिन तालाबन्दी

सर्लाही | सर्लाही जिल्लाको पर्सा गाउँपालिकामा जनप्रतिनिधिहरू द्वारा नै गरिएको तालाबन्दी ३६ दिनपछि खुलेको छ। गाउँपालिकाका बहुमत कार्यपालिका सदस्यहरूले विभिन्न १९ बुँदे माग राखेर फागुन १ गतेदेखि गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका थिए। बुधबार अपरान्ह उनीहरूको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि मात्र तालाबन्दी खुल्यो।

असन्तुष्ट जनप्रतिनिधिहरूको १९ बुँदे मागबारे आगामी कार्यपालिका बैठकमा छलफल गरिने र योजना सञ्चालन गर्ने सहमति भएपछि गाउँपालिका कार्यालयमा लगाइएको ताला खोलिएको छ। गाउँपालिका अध्यक्ष धिरेन्द्र रायको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले उनीहरूको मागबारे अर्को बैठकमा विस्तृत छलफल गर्ने र तत्काल तालाबन्दी खोल्ने सहमति गरेको पर्सा गाउँपालिका-२, सङ्ग्रामपुरका वडाध्यक्ष राकेश रामले जानकारी दिए।

सहमतिपछि गाउँपालिका अध्यक्ष राय, प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार यादवको उपस्थितिमा गाउँपालिका कार्यालयमा लगाइएको ताला खोलिएको छ। तालाबन्दी खुलेसँगै आजबाट गाउँपालिकाको कामकाज नियमित सुचारु भएको छ। ३६ दिनसम्म गाउँपालिकामा तालाबन्दी हुँदा स्थानीयवासी निराश बनेका थिए।

असन्तुष्ट जनप्रतिनिधिहरूले गत आर्थिक वर्ष २०७९/८० को आय-व्ययको विवरण उपलब्ध गराउनुपर्ने, शाखा प्रमुखहरूको कामप्रति असन्तुष्टि भएकाले हेरफेर वा हटाउनुपर्ने, स्थायी, करार र दैनिक ज्यालादारी कर्मचारीको तलब र नामावली विवरण उपलब्ध गराउनुपर्ने, इन्धन खर्चको विवरण उपलब्ध गराउनुपर्ने, २०७४ सालदेखि अहिलेसम्मको पेश्की र बेरुजु फर्छ्यौट गर्नुपर्नेलगायतका माग राखेका थिए ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img