देशकारागारबाट भागेका तीन हजार ७२३ पक्राउ, अझै १० हजार बढी फरार

कारागारबाट भागेका तीन हजार ७२३ पक्राउ, अझै १० हजार बढी फरार

काठमाडौं | भदौ २३ र २४ गते जेन-जीको प्रदर्शनपछि देशभरका विभिन्न कारागारबाट फरार भएका कैदीबन्दीमध्ये तीन हजार ७२३ जनालाई पक्राउ गरिएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार आइतबार मध्यान्हसम्ममा पक्राउ परेकालाई कारागारमा पठाइएको छ।

तर अझै १० हजार ३२० जना कैदीबन्दी फरार रहेको र उनीहरूको खोजी अभियान जारी रहेको प्रहरीले जनाएको छ। सर्वसाधारणलाई पनि आवश्यक सतर्कता अपनाउन र कुनै जानकारी भए नजिकैको प्रहरी कार्यालयमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।

प्रवक्ता घिमिरेका अनुसार फरारमध्ये कतिपयलाई भारतीय प्रहरीले सीमा पार गर्न खोज्दाखेरि नियन्त्रणमा लिएर फिर्ता गरेको छ। सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीले पनि कैयौंलाई पक्राउ गरेको छ भने केही आफैं फर्केर कारागार आएका छन्।

कारागारबाहेक प्रहरी हिरासतबाट भागेकामध्ये पनि १३९ जना थुनुवा पक्राउ परेका छन्। तर अझै करिब दुई हजार १०० जना थुनुवा फरार रहेको प्रहरीले जनाएको छ।

भदौ २४ गते प्रदर्शनकै क्रममा तोडफोड र आगजनी हुँदा ठूलो संख्यामा कैदीबन्दी र थुनुवा भागेका थिए। प्रहरीले भने अझै ठूलो मात्रामा खोजतलास जारी रहेको जनाएको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img