Thursday, December 5, 2024
देशबागमती प्रदेशमाघ १ गते पोखरामा कसरी घट्न पुग्यो घटना? यस्तो छ अध्ययन समितिको...

माघ १ गते पोखरामा कसरी घट्न पुग्यो घटना? यस्तो छ अध्ययन समितिको प्रतिवेदन

काठमाडौँ: गत माघ १ गते पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्स प्राविधिक कारणले नभई मानवीय (पाइलट) को त्रुटिका कारण नै दुर्घटनामा परेको अध्ययन समितिले निष्कर्ष निकालेको छ । जहाज दुर्घटनाको ११ महिनापछि अन्तिम अध्ययन प्रतिवेदन बुझाएको समितिले सन् २००७ अगष्ट १ मा बनेको जहाजले जम्मा २८ हजार ७३१ घण्टा ३३ मिनेट (दुर्घटनाको समयसम्म) मात्र उडान भरेको जनाएको हो ।

एटीआर फ्रान्सः एभियसन डी ट्रान्सपोर्ट रिजिनल तथा इटालियनः एयरी डी ट्रान्सपोर्ट रिजिनलले उत्पादन गरेको जहाज ३० हजार १०४ साइकल उडेको अध्ययन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । जबकि जहाजको नियमित चेकजाँच, सर्भिसिङको समय समेत २०२३ अप्रिल २४ सम्म रहेकोमा समयअगावै प्राविधिक समस्या नरहेकै अवस्थामा १४ जनवरी, २०२३ मा नै जहाज दुर्घटनामा परेको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्राविधि रुपमा प्रायः जहाज ठिकठाक रहेकै अवस्थामा मौसम समेत अनुकूल रहेको तर चालकको छोटो र कठिन निर्णयका बाबजुद जहाज दुर्घटना पर्न गएको अध्ययन समितिको निष्कर्ष छ ।

खासगरी जहाज उडानका क्रममा दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको र त्यसलाई तत्काल गतिशीलता दिन नसक्दा जहाज दुर्घटना परेको अध्ययन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

कसरी घट्न पुग्यो घटना ?
बिहानको १०ः५१ बजे काठमाडौँबाट पोखराका लागि उडेको जहाजको प्राविधिक स्थिति ठिकठाक नै रहेको थियो । अवतरण गर्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मौसम, भिजिविलिटी सम्पूर्ण पक्ष राम्रो थियो । भीएनपीआरमा टेक अफ, चढाई, क्रूज र अवतरण सामान्य थियो । मौसम अनुकूल थियो । भीएमसी गन्तव्य एयरपोर्टको बाटोमा भीएनपीआर टावरसँगको पहिलो सम्पर्कको समयमा, एयर ट्राफिक कन्ट्रोलर(एटीसी) सँग विमान अवतरणका लागि अनुमति माग गरेकोमा रनवे ३० को अनुमति प्रदान गरिएको थियो ।

तर तोकिएको धावनमार्गमा नभएर चालक दलले अकस्मात् रनवे परिवर्तन गरेर १२ को अनुमति माग गरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यसो हुँदा पनि रनवे १२ अवतरणका लागि योग्य रहेको एटीसीले सन्देश पठाएको थियो । तर जहाज ६ हजार ५०० फिटमाथिबाट एकैपटक ७२१ फिटमा झारेर एकैपटक माथि उठाउन खोज्दा इन्जिनको गति स्थिर हुनपुगेको र जहाज तल झर्नपुगेको देखिएको अध्ययन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

जहाज एकैपटक सेती नदिको खोँचमा खस्न पुगेको थियो । जहाज भुईँमा बजारिन पुगे लगत्तै आगजनी हुँदा जहाजमा सवारी ७२ यात्रुकै मृत्यु हुन पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ । जहाजमा ४ जना चालक दल (क्र्यू मेम्बर) सहित ६८ जना यात्रु सवार थिए । यी ७२ जना यात्रुहरुकै घटनास्थलमा मृत्यु हुन पुगेको थियो ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img