हेटौंडा | जब कोइलीले वसन्त डाक्छ, तब पहाडका गुराँसे वनमा लाली चढ्न थाल्छ। भीर पाखाहरू जताततै गुराँसले राताम्य हुन्छन्। गुराँसको सौन्दर्य परख गर्नेहरू पहाड उक्लन थाल्छन्। प्रकृतिपे्रमीहरू मोहित हुन्छन् अनि वन चहार्छन्।
गुराँसको सिजन सुरु भए सँगै सामाजिक संजालमा गुराँससंगका तस्वीरहरु देखिन थालेका छन् । गुराँस पाईने ठाउँका बाटाबाटामा गुराँस बेच्न केटाकेटीको लस्कर देखिन थालेको छ । काठमाडौंबाट फाखेल, कुलेखानी हुँदै हेटौंडाको यात्रामा फाखेलदेखी कुलेखानीसम्म गुराँसको लपक्कै देख्न सकिन्छ । जसले जो कोहीको मन लोभ्याउछ । टिप्न जान नसकेपनि बाटोकै छेउमा ससाना भाई/बैनीहरुले ‘गुराँस लिनुस ५० रूपयाँमा’ भन्दै चिच्याउदै बसेका देखिन्छन । सोही गुराँस समातेर खिचेका तस्विर देखिएका हुन् संजालमा ।
गुराँस हेर्दा मात्र राम्रा होईनन् थुप्रै फाइदाहरू पनि छन् । गुराँसमा प्रशस्त मात्रामा प्रोटीन हुन्छ, जसले शरीरलाई आवश्यक पर्ने प्रोटीन पुरा गर्न मद्दत गर्छ। गुराँसमा उच्च मात्रामा फाइबर पाइन्छ, जसले पचन प्रक्रियालाई सहज बनाउँछ र कब्जियत हटाउन मद्दत गर्छ। गुराँसमा भिटामिन ए, भिटामिन सी, आइरन, क्याल्सियम जस्ता महत्वपूर्ण पोषक तत्वहरू हुन्छन्, जसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छन्।गुराँसमा पाइने क्यारोटेनॉइड्स र फ्लेभोनॉइड्सले शरीरलाई मुक्त कणहरूबाट बचाउँछन्।गुराँस उच्च उर्जायुक्त खाद्य पदार्थ हो, जसले शरीरलाई लामो समयसम्म उर्जा प्रदान गर्छ। गुराँसमा कुनै पनि बाहिरी कोलेस्ट्रोल हुँदैन, जसले मुटु स्वास्थ्यलाई राम्रो बनाउँछ। गुराँसमा प्रशस्त मात्रामा डाइटरी फाइबर हुन्छ, जसले वजन घटाउन मद्दत गर्छ। यसरी गुराँस एउटा पोषक तत्वयुक्त, स्वस्थ र स्वादिलो खानेकुरा हो, जसलाई खानामा समावेश गर्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ।