Thursday, July 17, 2025
देशबागमती प्रदेशबागमती प्रदेश सरकारले पुराना पर्यटन कार्यालय खारेज गरी नयाँ संरचना बनायो

बागमती प्रदेश सरकारले पुराना पर्यटन कार्यालय खारेज गरी नयाँ संरचना बनायो

spot_img

हेटौँडा | बागमती प्रदेश सरकारले पर्यटन विकाससँग सम्बन्धित पुराना आयोजना र कार्यालयहरू खारेज गर्दै नयाँ संरचना अन्तर्गत स्थायी कार्यालयहरू स्थापना गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति तथा पर्यटन मन्त्रालय मातहतका हेटौँडा र काठमाडौंका पर्यटन विकास आयोजना तथा काठमाडौं र चितवनका उपत्यका पर्यटन कार्यालयहरू खारेज गर्ने निर्णय लिएको हो।

“यी सबै कार्यालयहरू अस्थायी संरचनामा सञ्चालन हुँदै आएका थिए, अब ती हटाइने भएका छन्,” आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले बताए।

- Advertisement -

उनका अनुसार मन्त्रालयको नयाँ संगठन संरचना स्वीकृत गरी स्थायी पर्यटन कार्यालयहरू स्थापना गरिनेछ। अब हेटौंडामा मन्त्रालयसहित एक कार्यालय, र थप चार जिल्लाहरू — नुवाकोट, दोलखा, चितवन र काठमाडौं मा पर्यटन कार्यालय स्थापना हुनेछन्।

यससँगै, मन्त्रालय र मातहत निकायको कर्मचारी संरचना पनि परिमार्जन गरिएको छ। पूर्ववत् ११७ जनाको दरबन्दीलाई घटाएर १०६ जनामा सीमित गरिएको छ। पहिले परियोजनाहरूमा प्राविधिक नेतृत्व (इन्जिनियर र वन अधिकृत) रहने व्यवस्था थियो भने अब प्रशासन सेवाका कर्मचारी प्रमुख हुनेछन्।

त्यस्तै, बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको दरबन्दी तेरिज स्वीकृत गरेको छ। कम्प्युटर अपरेटर (सहायक पाँचौं वा अधिकृत छैठौं तह) लाई प्रशासनिक कार्यमा प्रयोग गर्ने गरी दरबन्दी स्वीकृत भएको हो।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img