Thursday, July 17, 2025
देशबागमती प्रदेशबागमती प्रदेशसभाको वर्षे अधिवेशन आजबाट सुरु, प्रतिपक्षले बैठक अवरुद्ध गर्ने तयारी

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजबाट सुरु, प्रतिपक्षले बैठक अवरुद्ध गर्ने तयारी

spot_img

हेटौँडा | बागमती प्रदेशसभाको वर्षे (हिउँदे) अधिवेशन आज (सोमबार) बाट सुरु हुँदैछ। तर, प्रतिपक्षी दलहरूले संसद अवरुद्ध गर्ने रणनीति बनाएकाले अधिवेशन सञ्चालनमा अन्योल देखिएको छ।

प्रदेश सरकार र प्रतिपक्षी दलहरूबीच नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विषयमा अहिलेसम्म सहमति जुट्न सकेको छैन। मुख्यमन्त्री बहादुरसिंह लामाले आह्वान गरेको सर्वदलीय बैठक पनि निष्कर्षविहीन बनेको छ।

- Advertisement -

माओवादी केन्द्र बागमती प्रदेशका प्रमुख सचेतक रत्न प्रसाद ढकालका अनुसार, सरकार विगतमा भएको सहमतिको कार्यान्वयनप्रति गम्भीर नभएकाले अहिलेको बैठक अवरुद्ध हुने अवस्था सिर्जना भएको हो।

विपक्षी दलले विगतका सम्झौता तथा सहमति कार्यान्वयन गर्न पटक–पटक आग्रह गरे पनि सरकारले त्यसलाई बेवास्ता गर्दै आएको आरोप लगाएका छन्। ढकालका अनुसार, सरकारले प्रतिपक्षका मागहरू सम्बोधन नगरेकाले वर्षे अधिवेशन सुरु भए पनि बैठक अवरुद्ध हुन सक्छ।

सामान्यतया प्रदेशसभाको वर्षे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिने परिपाटी छ। तर, वर्तमान राजनीतिक गतिरोधका कारण नीति तथा कार्यक्रम कहिले प्रस्तुत गरिने भन्ने टुंगो लाग्न सकेको छैन।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img