मकवानपुरबागमती गाउँपालिकानुवाकोटका दुई गाउँपालिकामा प्राविधिक तालिम र सूचना प्रविधिको अवलोकन

नुवाकोटका दुई गाउँपालिकामा प्राविधिक तालिम र सूचना प्रविधिको अवलोकन

नुवाकोट | बागमती प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी) र नुवाकोटका तादी गाउँपालिका तथा शिवपुरी गाउँपालिकाको लागत साझेदारीमा सञ्चालित दुई फरक कार्यक्रमको संयुक्त रूपमा स्थलगत अवलोकन गरिएको छ।

तादी गाउँपालिकामा सञ्चालित मोबाइल मर्मत तालिम र शिवपुरी गाउँपालिकाको स्याउरेभुमीमा सञ्चालित बिको सूचना प्रविधि (ICT) कार्यक्रमलाई सीटीईभीटीका प्रमुख कार्यकारी निर्देशक शान्ति लामा, दुवै पालिकाका अध्यक्षद्वय, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू तथा स्थानीय विद्यालयका प्रधानाध्यापकहरूले प्रत्यक्ष अवलोकन गरेका हुन्।

अवलोकन भ्रमणको क्रममा सहभागी जनप्रतिनिधिहरूले प्राविधिक सीप र सूचना प्रविधिको माध्यमबाट युवालाई दक्ष बनाउँदै उनीहरूलाई स्वरोजगारमुखी बनाउने प्रयासको खुलेर प्रशंसा गरे। गाउँमै बसेर सीप सिक्न पाउनु र त्यसको प्रयोगमार्फत जीविकोपार्जन गर्न सक्नुले युवालाई वैदेशिक रोजगारीको विकल्प दिइरहेको उनीहरूको भनाइ थियो।

कार्यक्रममा सीटीईभीटीका प्रमुख कार्यकारी निर्देशक शान्ति लामाले स्थानीय तहसँग सहकार्य गर्दै यस्ता रोजगारीमुखी तालिमहरू प्रभावकारी ढंगले सञ्चालन भइरहेको जानकारी दिईन्। उनले भनिन्, “तालिम परिषद् स्थानीय सरकारहरूसँग हातेमालो गर्दै गाउँमै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले अगाडि बढिरहेको छ।”

तादी गाउँपालिकाका अध्यक्ष सन्त मान तामाङले यस्तो तालिमले युवालाई देशमै रोक्न र सीपको प्रयोगमार्फत आर्थिक रूपमा आत्मनिर्भर बनाउन सहयोग गरिरहेको बताउँदै तालिमको पहुँचलाई अझै विस्तार गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा सहभागी जनप्रतिनिधिहरू र सरोकारवालाहरूले तालिमप्रति देखाएको चासो र योगदानप्रति धन्यवाद दिँदै शिवपुरी गाउँपालिकाका अध्यक्ष गोबिन्द थपलियाले यस्ता कार्यक्रमहरू ग्रामीण विकासको प्रमुख आधार हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img