हेटौँडा | चितवनको खैरहनी नगरपालिका–१३ गवैमा बाघको आक्रमणबाट एक पुरुषको ज्यान गएको छ।
मृत्यु हुनेमा ६८ वर्षीय पदमबहादुर राना मगर रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।
शुक्रबार बिहान ७ बजे साथीहरूसँग घाँस काट्न कुमरोज मध्यवर्ती सामुदायिक वन गएका राना मगर घाँस काट्दै जाँदा बेपत्ता भएका थिए। उनी सम्पर्कमा नआएपछि खोजी थालिएको प्रहरीले जनाएको छ।
खोजीका क्रममा दिउँसो २ बजेर ४० मिनेट जाँदा उनी मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार घटनास्थलको अवस्था हेर्दा बाघको आक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ।



