देशबागमती प्रदेशपहिरो पन्छाएपछि हेटौँडा–काठमाडौं सडक सुचारु

पहिरो पन्छाएपछि हेटौँडा–काठमाडौं सडक सुचारु

हेटौँडा | मकवानपुरमा बिहान खसेको सुक्खा पहिरो पन्छाउँदै हेटौंडा–काठमाडौं सडक पुनः सञ्चालनमा आएको छ।

शुक्रबार बिहान करिब साढे नौ बजे इन्द्रसरोवर गाउँपालिका–३, ज्यामिरेमा खसेको पहिरोले हेटौंडा–फाखेल हुँदै दक्षिणकाली पुग्ने सडक अवरुद्ध बनेको थियो। ठूलो मात्रामा माटो र ढुङ्गा खस्दा यातायात पूर्णरूपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

यस्तै, त्रिभुवन राजपथअन्तर्गत भिमफेदी गाउँपालिका–९, लामिडाँडा नजिकै ढुङ्गा र रुख खस्दा सडक बन्द भएको थियो। दुवै स्थानमा डोजर परिचालन गरी पहिरो र ढुङ्गा हटाउने काम गरिएको थियो।

प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार अवरुद्ध सडक दिउँसो करिब २ः३० बजेबाट सुचारु भएको छ। लगातारको वर्षाले भूस्खलनको जोखिम बढेकाले यात्रुलाई सतर्क रहन आग्रह गरिएको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img