Monday, March 17, 2025
बागमती प्रदेशमकवानपुरसुन जस्तो देखिने धातु सहित एक पक्राउ

सुन जस्तो देखिने धातु सहित एक पक्राउ

हेटौँडा | मकवानपुर प्रहरीले ४३.३८ ग्राम सुन जस्तो देखिने पहेलो धातु सहित एक जनालाई पक्राउ गरेको छ।

शुक्रबार बिहान करिब १०:३० बजे, प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले रातोमाटे चेकपोस्टमा बारा जिल्लाको कोल्वीबाट नारायणघाट जाँदै गरेको ना ५ ख ५१२९ नम्बरको यात्रुबाहक बसलाई खानतलासी गर्दा बस चालक ३३ वर्षीय जस जोशी चौधरीको साथबाट ४३.३८ ग्राम सुन जस्तो देखिने धातु फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बरामद गरिएको उक्त धातुको बजार मूल्य हालको दर अनुसार ६ लाख ३५ हजार २२६ पर्ने अनुमान प्रहरीको छ । पक्राउ परेका चौधरीलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया, बारामा पठाइएको मकवानपुर प्रहरीले जनाएको छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस