मकवानपुरबकैया गाउँपालिकाआठ लाख बढी नगदसहित बकैयाबाट २२ जना जुवाडे पक्राउ
spot_img

आठ लाख बढी नगदसहित बकैयाबाट २२ जना जुवाडे पक्राउ

हेटौँडा | मकवानपुर प्रहरीले बकैया गाउँपालिकाको एक घरमा जुवा खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरेको छ।

बकैया गाउँपालिका–५, राजदमारस्थित मिलन थिङको घरमा शनिबार राति १ बजे छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

पक्राउ पर्नेमा मकवानपुरका १७, सिन्धुलीका ३ र रौतहटका २ जना रहेका छन्। मकवानपुर प्रहरीका प्रवक्ता डीएसपी श्यामु अर्यालका अनुसार पक्राउ पर्नेहरूबाट नगद ८ लाख ३६ हजार ४० रुपैयाँ र तीन सेट कौडा बरामद गरिएको छ।

पक्राउ पर्नेहरूमा मकवानपुरको बकैया–५ का ४६ वर्षीय मिलन थिङ (घरधनी), बकैया–४ का ५५ वर्षीय गेहेन्द्रबहादुर थिङ, बकैया–७ का ३८ वर्षीय रोहन लुङबा, हेटौंडा–१८ का ४५ वर्षीय कमल थापा, हेटौंडा–८ का ५३ वर्षीय फडिन्द्रप्रसाद घिमिरे, हेटौंडा–१६ का ४६ वर्षीय रमेश महत, हेटौंडा–४ का ५२ वर्षीय कृष्ण लामा, हेटौंडा–९ का ३७ वर्षीय दिनेश लामा, हेटौंडा–८ का ३६ वर्षीय चित्तबहादुर पाख्रिन र हेटौंडा–१८ का ३५ वर्षीय अशोक श्रेष्ठ छन्।

त्यस्तै बागमती गाउँपालिका–६ पाथीभाराका ४५ वर्षीय शेरबहादुर राना र ३३ वर्षीय दिपक दोङ, बागमती–५ झुरझुरेका ४६ वर्षीय रबि चौधरी, बागमती–७ का २२ वर्षीय तामाङ र ४० वर्षीय राजकुमार फुयाल, बागमती–५ का ३० वर्षीय अणराज राउत र बागमती–६ का ४३ वर्षीय उमेश माझी पनि पक्राउ परेका छन्।

रौतहट बोधिमाई नगरपालिका–८ का ३५ वर्षीय विजय साह कलवार र गौर–९ का ५५ वर्षीय ईश्वर चौधरीसहित सिन्धुली दुधौली–२ का ३७ वर्षीय कैलाश धामी, मरिन–३ का ४९ वर्षीय बेनीबहादुर मुक्तान र कमलामाई–१० का ५५ वर्षीय शेरबहादुर थापा पनि पक्राउ परेका हुन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img