Friday, February 7, 2025
मकवानपुरहेटौंडा उपमहानगरपालिकाहेटौँडामा माघ १९ गते भव्य संगीत महोत्सव हुँदै

हेटौँडामा माघ १९ गते भव्य संगीत महोत्सव हुँदै

हेटौँडा | मकवानपुरको हेटौँडा स्थित टीसीएन चौरमा आगामी माघ १९ गते नेपालका प्रख्यात संगीतकारहरूको उपस्थितिमा विन्टर म्युजिक फेस्ट २०२५ आयोजना हुँदैछ। सेरिन इभेन्टको विशेष व्यवस्थापनमा हुने यस कार्यक्रममा नेपाली संगीत क्षेत्रका प्रसिद्ध कलाकारहरू र व्याण्डहरूले आफ्नो प्रस्तुति दिने भएका छन्।

यस महोत्सवमा विशेष आकर्षणका रूपमा सविन राई एण्ड फ्यारो, स्वर, परिवर्तन ब्याण्ड र द इन्फेरियर ब्याण्ड प्रस्तुत हुनेछन्। खासगरी, स्वर र परिवर्तन ब्याण्डको यो हेटौँडामा पहिलो प्रस्तुति हो, जसले कार्यक्रमलाई अझ विशेष बनाउने विश्वास आयोजकको छ।

यस कार्यक्रमलाई करिब १२ हजार दर्शकले प्रत्यक्ष रूपमा हेर्ने अपेक्षा गरिएको छ। आयोजकले दर्शकका लागि दुई प्रकारका टिकटको व्यवस्था गरेको छ। सामान्य प्रवेश टिकटको मूल्य ५ सय राखिएको छ भने भिआईपी प्रवेशको लागि  एक हजार निर्धारण गरिएको छ। टिकट खरिद गर्न सेरिन इभेन्टको कार्यालय र अनलाइन टिकट संजाल प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। अग्रिम टिकट बुकिङका लागि दर्शकहरूलाई समयमा नै सम्पर्क गर्न आग्रह गरिएको छ।

दर्शकहरूको सुविधालाई ध्यानमा राख्दै कार्यक्रम स्थलमा खाना र खाजा स्टलहरू राखिनेछन्। सहभागीहरूले स्थलमै विविध प्रकारका परिकारहरूको स्वाद लिन पाउनेछन्, जसले कार्यक्रमलाई थप रमाइलो बनाउने आयोजकले बताएका छन्।

टीसीएन चौरको प्रांगणमा आयोजना हुन लागेको यस महोत्सवले हेटौँडाको सांगीतिक र सांस्कृतिक क्षेत्रमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ। आयोजकका अनुसार, कार्यक्रमले स्थानीय कला र संगीतप्रेमीहरूलाई उच्चस्तरीय मनोरञ्जन प्रदान गर्नेछ। साथै, हेटौँडाको पर्यटन र व्यवसायिक क्षेत्रमा पनि सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

दर्शकहरूको सुरक्षा र सुविधा सुनिश्चित गर्न विशेष सुरक्षा व्यवस्थाहरू मिलाइएको छ। आयोजक समितिले कार्यक्रमको सम्पूर्ण व्यवस्थापनलाई चुस्त बनाउन आवश्यक सम्पूर्ण उपाय अपनाउने बताएका छन्।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस