Wednesday, March 26, 2025
मकवानपुरहेटौंडा उपमहानगरपालिकाबालमैत्री स्थानीय शासन: बागमती प्रदेशमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

बालमैत्री स्थानीय शासन: बागमती प्रदेशमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

हेटौँडा | बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को आयोजना र बालमैत्री स्थानीय शासन राष्ट्रिय समिति मञ्च, बाल विकास समाज र वल्र्ड भिजनको सहकार्यमा बालमैत्री स्थानीय शासन प्रदेशस्तरीय अनुगमन समिति तथा सम्बद्ध सरोकारवालाहरुलाई अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।  बिहीबार आयोजित कार्यार्कम बालमैत्री स्थानीय शासनको अवधारणा र यसको कार्यान्वयनमा विशेष ध्यान केन्द्रित रहेको थियो।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रेशम कँडेलले बालमैत्री स्थानीय शासनको महत्त्व र यसका लक्ष्यबारे जानकारी दिएका थिए। सचिव कँडेलले बालमैत्री स्थानीय शासनका प्रमुख सिद्धान्त र यसका आवधारणाबारे सहजीकरण गर्दै उपस्थित सरोकारवालालाई यस अवधारणाको महत्व र यसको कार्यान्वयनका चुनौतीहरूबारे अवगत गराएका थिए । उनले भने, “बालमैत्री शासन एक यस्तो प्रणाली हो जसले बालबालिकाको अधिकार र भलाईलाई प्राथमिकता दिन्छ र यसले समाजका सबै अंगलाई समान र समावेशी विकासको दिशामा अघि बढाउँछ।”

कार्यक्रममा बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चका प्रमुख अशोक खनालले बालमैत्री स्थानीय शासनको अनुभव र आगामी मार्गदर्शनबारे विस्तृत सहजीकरण गरेका थिए । खनालले बालमैत्री शासनको लागूकरणका सफल उदाहरणहरू प्रस्तुत गर्दै भविष्यमा यसको प्रभावकारी कार्यान्वयनका लागि विभिन्न उपायहरूको आवश्यकता रहेको बताए। उनले भने, “बालमैत्री शासनको उद्देश्यमात्र बालबालिकाको कल्याण मात्र होइन, सबै समुदायका लागि समग्र रूपमा विकास र समान अवसरको सृजना गर्नु हो।”

कार्यक्रममा बाल हेल्पलाइन मकवानपुरका प्रमुख झबिन्द्र ज्ञवाली र बाल कल्याण समाज मकवानपुरका अध्यक्ष प्रकाश खतिवडाको पनि उपस्थिति थियो। यी दुवै व्यक्तित्वले बालमैत्री स्थानीय शासनको कार्यान्वयनमा साकारात्मक योगदान पुर्याएका छन् र यस कार्यक्रममा उनीहरूको अनुभव र सल्लाहले उपस्थित सरोकारवालालाई धेरै मद्दत पुर्यायो।

बागमती प्रदेशमा बालमैत्री स्थानीय शासनको प्रभावकारी कार्यान्वयनका लागि विभिन्न स्थानीय तह र सरोकारवालाहरूसँगको सहकार्य आवश्यक रहेको छ। अहिले सम्म बागमती प्रदेशका ९ वटा स्थानीय तहलाई बालमैत्री स्थानीय शासन युक्त पालिका घोषणा गरिएको छ, जसले प्रदेशभरि बालबालिकाको अधिकार र सुरक्षाका लागि सकारात्मक प्रभाव पारेको छ।

कार्यक्रमको उद्देश्य भनेको बालमैत्री शासनको अवधारणा र कार्यान्वयनलाई स्थानीय तहमा विस्तार गर्न र यसलाई सामाजिक र कानुनी रुपमा मजबुत बनाउनका लागि सुसज्जित बनाउनु हो। सरोकारवालाहरूलाई यस अवधारणामा सुसज्जित गरेर उनीहरूको समर्पण र प्रतिबद्धता बलियो बनाउन यो कार्यक्रम आयोजना गरिएको हो।

यस कार्यक्रमका आयोजकहरूले आगामी दिनमा बालमैत्री स्थानीय शासनको कार्यान्वयनलाई थप सशक्त बनाउनका लागि निरन्तर प्रयास गर्ने बताए। बागमती प्रदेशका अन्य स्थानीय तहलाई पनि बालमैत्री शासनको अवधारणा र कार्यान्वयनमा जोड दिने योजना छ, जसले बालबालिकाका लागि सुरक्षित र उन्नत वातावरण सृजना गर्न मद्दत पुर्याउनेछ।

कार्यक्रममा सामेल भएका सरोकारवालाले उक्त अवधारणा र कार्यान्वयनलाई बालबालिकाका हक र अधिकारको संरक्षणमा सहायक ठान्दै, यसलाई समुदायको स्तरमा क्रियान्वयन गर्नमा आफ्नो पूर्ण सहयोग र समन्वय दिने प्रतिबद्धता जनाएका छन्।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img