समाजहेटौँडामा वारिष्टा तालिम सुरु

हेटौँडामा वारिष्टा तालिम सुरु

हेटौँडा |बेरोजगार युवायुवतीलाई स्वदेशमै स्वरोजगार बनाउन उद्देश्यले बागमती प्रदेशको राजधानी हेटौंडामा वारिष्टा (कफी बनाउने) तालिम सुरु गरिएको छ।

प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद्, हेटौंडाको आयोजनामा २० जना सहभागीलाई ३ सय  ९० घण्टे नि:शुल्क तालिम प्रदान गरिँदैछ।

सो तालिमको उद्घाटन समारोह परिषद्की प्रमुख कार्यकारी निर्देशक शान्ति लामाको सभाध्यक्षतामा सम्पन्न भएको हो। उद्घाटन हेटौंडा उपमहानगरपालिका–५ का वडा अध्यक्ष सुशील घिमिरेले गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष घिमिरेले सहभागीहरुलाई प्रमाणपत्रमा मात्र सीमित नभई सिकेको सीपलाई व्यवहारमा उतार्दै आत्मनिर्भर बन्न आग्रह गरे।

मकवानपुर होटल एसोसिएसनका महासचिव हरिगोपाल सापकोटाले तालिमपछि योग्य हुने युवायुवतीलाई रोजगारीका अवसरमा जोड्न संस्था प्रतिवद्ध रहेको बताए।

जिल्ला लघुउद्यमी समूह संघ (डिमेगा) मकवानपुरकी सचिव मेनका श्रेष्ठले महिला दिदीबहिनीहरूलाई घरको चारकोठाबाट बाहिर निस्केर सीप सिकेर आत्मनिर्भर बन्न प्रेरणा दिइन्।

उक्त वारिष्टा तालिममा प्रशिक्षकका रूपमा रमन कुमार यादव र ममता तामाङ रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img