मौसमबिहीबारदेखि देशभर वर्षा, बाली नकट्न मौसम विभागको सुझाव

बिहीबारदेखि देशभर वर्षा, बाली नकट्न मौसम विभागको सुझाव

काठमाडौं | मौसमविद्हरूले बिहीबारदेखि देशभर वर्षा हुने प्रक्षेपण गरेका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल क्षेत्रगत रूपमा भइरहेको वर्षापछि बिहीबारदेखि नयाँ प्रणाली सक्रिय भई देशका धेरैजसो भू-भागमा हल्कादेखि मध्यम वर्षा गराउने अनुमान गरिएको छ।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपालको आकाशमा प्रवेश गर्नेछ, जसले वर्षाको सम्भावना थप बलियो बनाउनेछ। “बुधबारको तुलनामा बिहीबार धेरै पानी पर्ने देखिएकाले काटिएको बाली क्षति हुन सक्छ,” अधिकारीले बताए। उनले यस साता गहुँ, मुसुरोजस्ता अन्न तथा दलहन बाली नकट्न वा काटिएको भए चाँडै भित्र्याउन सुझाव दिएका छन्।

उनका अनुसार पूर्वी र मध्य नेपालका धेरै ठाउँमा, र पश्चिममा लुम्बिनीसम्म पनि वर्षा हुनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा समेत वर्षा हुने प्रक्षेपण गरिएको छ। यद्यपि यो प्रिमनसुन अवधि भएकाले सुदूरपश्चिमका तराई क्षेत्रमा पनि वर्षाको सम्भावना रहन्छ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलका अनुसार वर्षा गराउने प्रणाली आइतबारसम्म सक्रिय रहनेछ। “यदि गहुँ बाली भित्र्याउने सोचमा हुनुहुन्छ भने अर्को हप्ता सोमबारसम्म पर्खनु राम्रो हुन्छ,” उनले सुझाए।

यसैबीच, बुधबार कोशी प्रदेशलगायत पहाडी भू-भागका थोरै स्थान र बाँकी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना पनि रहेको मौसम महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img