Saturday, June 14, 2025
मकवानपुरमनहरी गाउँपालिकामनहरीमा खेलकुद तथा व्यापार महोत्सव हुने

मनहरीमा खेलकुद तथा व्यापार महोत्सव हुने

spot_img

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकाले फागुन २१ गतेदेखि खेलकुद तथा व्यापार महोत्सव आयोजना गर्ने भएको छ। खेलकुद विकास समिति मनहरीको आयोजना र एभरेष्ट इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुन लागेको महोत्सव चैत्र ४ गतेसम्म चल्नेछ। महोत्सवको संरक्षक मनहरी गाउँपालिकाको कार्यालय रहनेछ।

महोत्सवअन्तर्गत फुटबल, भलिबल, क्रिकेट, ब्याड्मिन्टन र एथ्लेटिक्स प्रतियोगिता सञ्चालन हुनेछन्। फुटबल, क्रिकेट र एथ्लेटिक्स क्षेत्रीय रंगशालामा, भलिबल गणेशधारा खेलमैदानमा तथा ब्याड्मिन्टन रमनटार कभर्डहलमा खेलाइनेछ। खेलकुद विकास समितिका अध्यक्ष विरु लामाका अनुसार, खेल क्षेत्रलाई प्रवर्द्धन गर्ने, खेलाडीहरूको पहिचान गर्ने र मनहरी गाउँपालिकालाई खेलकुद हबको रूपमा विकास गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको हो।

-Ads-

प्रतियोगितामा विभिन्न खेलका विजेता तथा उपविजेताहरूलाई नगद पुरस्कार प्रदान गरिनेछ। फुटबल विजेताले १ लाख र उपविजेताले ५० हजार, भलिबल विजेताले ५० हजार र उपविजेताले ३० हजार, क्रिकेट विजेताले ३० हजार र उपविजेताले २० हजार, ब्याड्मिन्टन विजेताले ३० हजार र उपविजेताले २० हजार तथा एथ्लेटिक्स अन्तर्गत १०० मिटर दौडका विजेताले १० हजार र उपविजेताले ५ हजार नगद पाउनेछन्। त्यस्तै, २०० मिटर दौडका विजेता र उपविजेताले क्रमशः १५ हजार र ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन्।

महोत्सवमा २ सय स्टल रहने र राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति समेत समावेश गरिने जानकारी दिइएको छ। एक लाख दर्शकले महोत्सवको अवलोकन गर्ने र करिब ५ करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ। मनहरीमा यसअघि अध्यक्ष कप पुरुष फुटबल र उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुँदै आएकोमा यसपटकको महोत्सवलाई थप भव्य बनाइने आयोजकको भनाइ छ। महोत्सवबाट संकलित रकम खेलकुद क्षेत्रको विकासमा खर्च गरिने बताइएको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img