Saturday, July 19, 2025
मकवानपुरमनहरी गाउँपालिकावनकरियासहित ४९ बालबालिकालाई विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण

वनकरियासहित ४९ बालबालिकालाई विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण

spot_img

हेटौँडा | लोपोन्मुख बनकरिया समुदायसहित ४९ जना बालबालिकालाई विद्यालय पोशाक, जुत्ता, झोला र स्टेशनरी सामग्री वितरण गरिएको छ। मनहरी गाउँपालिका–४, मुसेधापमा कक्षा १ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरूलाई शनिबार वितरण गरिएको हो।

शैक्षिक सामग्री वितरण कार्यक्रम अमेरिकी सहयोगी संस्था माद्रेको आर्थिक सहयोगमा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चद्वारा आयोजित गरिएको हो। वडा अध्यक्ष प्रकाश थापाको उपस्थितिमा बनकरिया २२, चेपाङ २५ र तामाङ ४ गरी कुल ४९ बालबालिकाले पोशाक, ब्याग, जुत्ता र आवश्यक स्टेशनरी प्राप्त गरेका हुन्।

- Advertisement -

कार्यक्रममा वनकरियासहित ५१ बालबालिकाका लागि ५६ दर्जन कपी, १५ पाकेट डटपेन, ५ बक्स पेन्सिल, १५ बक्स सापनर, १५ बक्स ईरेजर, ५० वटा रेकर्ड फाइल लगायतका शैक्षिक सामग्रीसमेत हस्तान्तरण गरिएको थियो। सन्तोषी परियोजना अन्तरगत माद्रेको सहयोगमा एक वर्षका लागि निःशुल्क ट्युसन कक्षा पनि सञ्चालन गरिने छ। सन् २०१५ देखि सन्तोषी बनकरियाले बनकरिया र आसपासका समुदायका बालबालिकालाई स्वयंसेवक शिक्षकका रूपमा ट्युसन कक्षा सञ्चालन गर्दै आएकी छिन्।

कार्यक्रममा महिला मञ्चकी फिल्ड संयोजक सनिला लामा, कर्मचारी रुक्मणि श्रेष्ठ, बंगलादेशी स्वयंसेवक एलिजा बास्के र अप्सना अनि, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशका लेखा संयोजक अशोकसुजन श्रेष्ठ लगायतको सहभागिता थियो।

यसैबीच, शुक्रबार महिला मञ्चको आयोजनामा ‘जलवायु परिवर्तनले आदिवासी महिला तथा किशोरीहरूमा पार्ने असर’ सम्बन्धी छलफल कार्यक्रम पनि सम्पन्न भएको छ। छलफलमा बंगलादेशी स्वयंसेवकद्वय एलिजा र अप्सनाले सहजीकरण गरेका थिए। साथै, सहभागी महिलाहरूलाई साबुन बनाउने तालिम र कडाई (सिलाई-कढाई) तालिमसमेत प्रदान गरिएको थियो। महिला मञ्चले यसअघि पुस्तकालय स्थापना कार्यक्रम पनि बनकरिया समुदायका लागि सञ्चालन गरिसकेको छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img