देशगण्डकी प्रदेशभारी वर्षा हुदाँ पोखरामा १०० घर डुबान

भारी वर्षा हुदाँ पोखरामा १०० घर डुबान

पोखरा: आइतबार साँझदेखि कास्कीमा निरन्तर भारी वर्षा भइरहेको छ ।

वर्षाका कारण पोखरा महानगर वडानम्बर १३, कमलपोखरी क्षेत्र डुबानमा परेको छ । मानवीय क्षति नभए पनि १०० भन्दा बढी घर डुबानमा परेको बताइएकाे छ ।

आइतबार रातिदेखि नै कमलपोखरी आसपासका क्षेत्र डुबानमा परेकाले रातिबाटै स्थानीय डोजर लिएर थुनिएका विभिन्न ठाउँ तर्काउँदै हिँडिरहेको छ । काहुँखोलाबाट आएको पानीले डुबान पारेको हो ।

पानी तर्काउने काम भइरहे पनि निन्तर भारी वर्षा भइरहेकाले समस्या भइरहेको स्थानीयले बताएका छन् । पोखरा १३ कमलपोखरी क्षेत्र बर्सेनि डुबानमा पर्दै आइरहेको ठाउँ हो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img