सुनसरी : झापा जिल्लामा बुधबारे जेसिजले बुद्धशान्ती-३ स्थित अन्जुमन मदरसालाई कार्पेट र म्याट सहयोग कार्यक्रम सम्पन्न भएको छ ।
धार्मिक सहिष्णुताको सन्देश दिदै उक्त कार्यक्रम सञ्चालन गरीएको बुधबारे जेसिजका नवनियुक्त अध्यक्ष मुकेश भट्टराईले बताए । “बुधबारे जेसिज सबै जात,बर्ग,धर्म र समुदाय प्रती समभाव राख्छ,हामी सबै मानवजाती समान छौं´´, कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले भनेका छन् ।
बुधबारे जेसिजका कार्यकारीणि उपाध्यक्ष एवं कार्यक्रमका संयोजक रुद्र निरौलाले सबैका भर-अभरमा बुधबारे जेसिज मलम पट्टि लगाउन तत्पर रहेको उल्लेख गरेका थिए।
उनले भने, ” हामी समुदायका सके सम्म सबैको सहयोगी बन्न चाहान्छौ र यसको शुरूवात मदरसाबाट भएको छ”।
मदरसाका शिक्षक,स्थानिय लगायतको सहभागीता थिए । मदरसाका शिक्षक जाफर मियाले बुधबारे जेसिजको सहयोगले बिद्यार्थीहरुलाई हौसला मिल्ने बताए ।



