Monday, March 17, 2025
देशकोशी प्रदेशटिपर दुर्घटना हुँदा १ जनाको मृ´त्यु , ३ जना घाईते

टिपर दुर्घटना हुँदा १ जनाको मृ´त्यु , ३ जना घाईते

सुनसरी / उदयपुरको गढी गाँउपालिका-७ स्थित उदयपुरको बाघखोर कोल्टे सडक खण्डमा ( हिजो ) मंगलवार साँझ भएको टिपर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।

उक्त सडक खण्डबाट बालुवा बोकेर जाँदै गरेको पवित्रा निर्माण कम्पनीको स १ क १९० नंम्बरको टिपर अचानक ब्रेक फेल भई सडकबाट अन्दाजी ४० मिटर तल खसेर दुर्घटना हुँदा उक्त टिपरमा सवार रहेका ४ जना घाईते भएका थिए ।

घाईते चारै जनालाई उपचारको लागी जिल्ला अस्पताल उदयपुर पठाईएकोमा उपचारको क्रममा स्थानीय १९ बर्षीय उज्वल खपाङगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

साथै ,अन्य घाईतेहरुको उपचार भईरहेको र दुर्घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img