सुनसरी / आज नेपाल बन्दको प्रभाव धरानमा आंशिक परेको छ । अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताविरुद्ध ५ वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले बुधबार गरेको नेपाल बन्दको प्रभाव आंशिक परेको छ ।
बिहानतिर कलेज लेवलका विद्यार्थी पुगेपनि राम्रोसँग पठनपाठन हुन सकेन । धरानबाट चल्ने यातायात पनि निर्वाधरुपमा चलिरहेका छन् । त्यस्तै ,बन्दका कारण जिल्लाको शैक्षिक क्षेत्रमा भने प्रभाव परेको छ । धरानमा स्कुल खुलेनन् ।
धरानमा प्याब्सन, एनप्याब्सनलगायतले बिहान छलफल गरेपछि स्कुल बन्द भएका छन् भने बजार खुलेका छन् । पहाडी क्षेत्र, पूर्व–पश्चिम चल्ने सवारी साधन निर्वाध चलिरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रदेश १ का संयोजक सरोज श्रेष्ठले जानकारी दिए ।