Thursday, March 27, 2025
समाज‘एमसीसी वेलकम’ भन्दै सडकमा निस्कियो एउटा समूह

‘एमसीसी वेलकम’ भन्दै सडकमा निस्कियो एउटा समूह

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोधमा नयाँबानेश्वर क्षेत्रमा आज प्रदर्शन भइरहेको छ।

एमसीसीको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपा लगायत ५ दलले नेपाल बन्दको आह्वाननै गरेका छन। सरकारमै रहेको नेकपा माओवादी केन्द्रका भातृ संगठनहरु पनि सडकमा आएका छन।

यसैबीच, एमसीसीको चौतर्फी विरोध भइरहँदा एउटा समूह भने एमसीसीको समर्थनमा सडकमा आएको छ। एमसीसीको समर्थनमा ‘स्वतन्त्र नागरिक समाज’ले आज मोटरसाइकलर्यालीसहित प्रदर्शन गरेको छ। ‘स्वतन्त्र नागरिक समाज’ नामक अभियानले बुधबार अनामनगरमा मोटरसाइकलसहित समर्थनमा प्रदर्शन गरेको हो।

उनीहरुले एमसीसी राजनीतिसँग जोडेर नहेर्न आग्रह गरेका छन्। अनामनगरबाट सुरु भएको मोटरसाइकल र्यालीले माइतीघरमण्डलालगायत विभिन्न स्थानको परिक्रमा गरेको थियो। र्यालीले एमसिसी नेपालको विद्युत् विकासको मेरुदण्ड रहेको र विकासमा राजनीति नगर्न माग गर्दै र्यालीका सहभागीले ‘वेलकम एमसिसी’ लेखिएको ब्यानरसहित प्रदर्शन गरेका थिए।

सरकारले आज संसद्मा एमसिसी अनुमोदनका लागि पेस गर्ने भन्ने सूचनाका आधारमा एमसीसीको विपक्षमा रहेका विभिन्न राजनीतिक दल समर्थित नेता तथा कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन्।

पक्ष र विपक्षमा गरिएका विरोध प्रदर्शनका कारण आज राजधानीको यातायात सेवा केही प्रभावित भएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img