सुनसरी / मोरङ र सुनसरीको छुट्टा छुट्टै दुई ठाउँमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा २ जना मोटरसाइकल चालकको मृ´त्यु भएको छ ।
हिजो बेलुका ७ बजे सुनसरीको दुहबी नगरपालिका-८ मा कोशी लोकमार्गमा को.२०प ९८९६ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडक डिभाईडरमा ठोक्किई दुर्घटना हुँदा गम्भिर घाईते भएका मोटरसाईकल चालक विराटनगर-१४ का ३० बर्षीय श्याम कामतको उपचारको क्रममा बिराटनगर स्थित बिराट नर्सिङ होममा मृ´त्यु भएको हो ।
त्यस्तै मोरङको जहदा गाउँपालिका-६ स्थित भित्रि सडक खण्डमा सडक साईडमा राखेको गोरुगाडामा को.३५प ३४०५ नम्बरको मोटरसाईकल ठक्कर लागि दुर्घटना हुँदा मोटरसाईकल चालक विराटनगर-१९ का २६ बर्षीय लक्ष्मी सरदार गम्भिर घाईते भई उपचारको लागि कोशी अस्पताल पुर्याउनासाथ डाक्टरले मृ´त घोषणा गरेको हो । दुर्घटना विषयमा प्रहरीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।