सुनसरी / मोरङ र सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट चोरीमा संग्लग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बराहक्षेत्र-८ सुनसरीका २७ बर्षीय अटल राई, शिवसताक्षी नगरपालिका- ९ का २१ बर्षीय रोहित भण्डारी र मेचीनगर नगरपालिका -६ का २७ बर्षीय दिलिप लिम्बु रहेका छन् ।
राईलाई धरानकी टिनु बज्राचार्यको को ३१ प २४४ नम्बरको स्कुटर चोरी गरेको आरोपमा चोरी भएको स्कुटर सहित बराहक्षेत्र-६ बाट पक्राउ गरेको हो । मंसिर ३ गते धरानबाट हराएको उक्त नम्बरको स्कुटर खोजतलास गर्ने क्रममा फाल्गुन ८ गते स्कुटर सहित राई पक्राउ परेका हुन् ।
त्यस्तै, माघ १८ गते मोरङको सुन्दरहरैचा नगरपालिका-९ मा सुर्य कट्टेलले सञ्चालन गर्दै आएको किराना पसलमा चोरी गरी फरार रहेका रोहित भण्डारी र दिलिप लिम्बुलाई पक्राउ गरेको हो ।
पसलमा बिक्रीको लागी राखिएको रिचार्ड कार्ड लगायत अन्य समान सहित १ लाख ५० हजार बराबरको समान चोरी भएको भन्ने सूचना पाए सँगै चोरीमा संलग्नहरुको खोजतलास गर्ने क्रममा दुबै जना पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट प्रहरीले ४९ हजार ८ सय बराबरको एनसियलको रिचार्ज कार्ड र नगद रू २५ हजार समेत बरामद गरेको इलाका प्रहरी कार्यलय बेलबारी जनाएको छ । चोरीको आरोपमा पक्राउ परेका उनीहरुको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।