काठमाडौं, १० फागुन
सरकारले एमसीसी विरोधी प्रदर्शनका क्रममा हिं’सात्’मक गतिविधि नगर्न भनेको छ । गृह मन्त्रालयले आज साँझ एक विज्ञप्ति जारी गर्दै फागुन ८ गते भएका प्रदर्शनका क्रममा सांसदहरूलाई संसद भवनमा आउन नदिने, पूर्वप्रधानमन्त्री चढेको गाढीमा ढुंगा हान्ने हर्कत भएको उल्लेख गर्दै घटनाको छानबिन भइरहेको जनाएको छ ।
‘यस्ता हिं’सा’त्मक कार्यहरूप्रति नेपाल सरकार भर्त्सना गर्दछ र त्यस्ता घटनामा संलग्न व्यक्तिहरू छानबिनको क्रममा रहेका छन् । साथै, यस्ता प्रकृतिका घटनाको नेपाल सरकार गम्भीरतापूर्वक निगरानी गरिरहेको छ,’ गृह प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
गृहले सरकार नागरिकको जिउ धनको सुरक्षा गर्न तत्पर रहेको उल्लेख गर्दै प्रदर्शनका क्रममा सुरक्षाकर्मीले उच्च संयमता अपनाइएको बताएको छ । मन्त्रालयले सार्वजनिक तथा निजी सम्पत्ति ना’श गर्ने काम नगर्न भनेको छ ।
‘आ’न्दोलनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड गर्ने र हिं’साजन्य गतिविधिबाट नागरिकको स्वतन्त्रतापूर्वक जिउने हकमा बाधा पुर्याउने कार्य नगरिदिनु हुन नेपाल सरकार सम्बन्धित सबैमा ध्यानाकर्षण गराउँछ,’ विज्ञप्तिमा भनिएको छ।