देशकोशी प्रदेशरामधुनीमा ट्याक्टरबाट खसेर ऋषिदेवको मृ´त्यु

रामधुनीमा ट्याक्टरबाट खसेर ऋषिदेवको मृ´त्यु

सुनसरी / सुनसरी जिल्लाको रामधुनी नगरपालिका-५ झुम्काको भित्री सडक खण्डमा हिजो मंगलबार दिउँसो १२ बजे ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

प्रहरीका अनुसार झुम्काको भित्री सडक खण्डको पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको को २ त ८८१८ नम्बरको ट्याक्टरमा सवार झुम्का-३ का २८ वर्षीय अर्जुन ऋषिदेब र सोही स्थानका २७ वर्षीय जितेन सरदार ट्याकटरबाट खसेका थिए ।

ट्याक्टरबाट खसेर घाइते भएका ऋषिदेवलाई विराट टिचिङ अस्पताल विराटनगर र सरदारलाई स्थानिय मेडिकलमा लगिएको थियो । ऋषिदेवको उपचारको क्रममा आज विहान मृ´त्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img