सुनसरी / आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेरै जाने भएपछि सत्तारुढ दलहरूको आज इटहरीको मेयर र उपमेयरको बाडफाड गरेको हो ।
आज बुधबार बसेको सत्तारुढ गठबन्धनको बैठकले इटहरीको मेयरमा कांग्रेस र उपमेयरमा नेकपा एकीकृत समाजवादीलाई अगाडि सार्ने निर्णय गरेको थियो । यसैबिच गठबन्धनको बैठकले विराटनगरको मेयरमा कांग्रेस, उपमेयरमा जसपालाई अगाडि सार्ने निर्णय गरेको छ ।
यसअघि इटहरीमा समाजवादीलाई मेयर दिने हल्लाले कांग्रेसमा असन्तुष्टि बढेको थियो भने जसले गर्दा काङ्ग्रेसमा हल्लाका कारण नगरसभापति हेमकर्ण पौडेल, इटहरी मेयरका आकांक्षीद्वय रोहित प्रसाई, भीम पौडेल लगायतका नेताहरू काठमाडौँ गएर शीर्ष नेताहरूसँग भेटघाट गरी इटहरीको मेयर कांग्रेसले पाउनुपर्ने दाबी गरेका थिए ।
२०७४ सालको निर्वाचनमा पराजित कांग्रेसले यसपटक इटहरीको नेतृत्व गर्ने नेताहरूको दाबी छ । यस्तै, धरानमा भने कांग्रेसले मेयर पाउँदा माओबादी केन्द्रलाई उपमेयर दिने निर्णय भएको छ ।