देशकोशी प्रदेशखोटाङमा पहिरो गएको कारण , इटहरी- धरान विराटनगर आवतजावत गर्ने सवारी साधन...

खोटाङमा पहिरो गएको कारण , इटहरी- धरान विराटनगर आवतजावत गर्ने सवारी साधन अलपत्र

सुनसरी / केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण आइतबार बिहान खोटाङको हलेसी तुवाचुङ नगरपालिका- ७ स्थित महादेवस्थान नजिक पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गतको दिक्तेल – जयराम सडक अवरुद्ध भएको हो ।

सडकमाथिबाट पहिरो खसेपछि दिक्तेलबाट काठमाडौं, उदयपुर, इटहरी, धरान, विराटनगर, काँकडभिट्टा लगायत ठाउँमा आवतजावत गर्ने सवारी साधन बाटैमा रोकिएका छन् । सवारी साधन रोकिँदा यात्रु बीचबाटोमै अलपत्र परेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए

अवरुद्ध सडकको पहिरो पन्छाएर सञ्चालनमा ल्याउन हलेसी तुवाचुङ नगरपालिकाले स्काभेटर पठाएको वडा नम्बर ७ का वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।

वर्षायाममा जिल्लाका अन्य कच्ची सडक ठप्प हुँदा मध्यपहाडी लोकमार्ग मात्र नियमित सञ्चालन हुँदै आएको थियो । उक्त लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकको साप्सुखोला र छेपेखोलामा पहिरो खसेर सडक अवरुद्ध भएको यातायात व्यवसायीहरुले बताएका छन् ।

कच्ची अवस्थामा सञ्चालन हुँदै आएको जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध भएपछि दिक्तेल बजार तथा तराईका विभिन्न जिल्ला एवम् राजधानी काठमाडौं आवतजावत गर्न यात्रु घण्टौं पैदल यात्रा गरेर गन्तव्यमा पुग्न बाध्य भएका छन् । -साङ्केतिक तस्बिर

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img