भोजपुर: भोजपुरको रामप्रसाद राई गाउँपालिका ४ दलगाउमा कष्टकर जिबन बिताईरहेकी ७० बर्षिय बृद्वले नयाँ घर पाएकिछिन ।

बिगत १० वर्ष देखि जिर्ण टहरोमा बर्षाद ,जस्ता अन्य प्रकृतिक घटना सङ्ग एक्लै जीवन बिताइरहेकी थिइन । बृद्धअबश्था त्यहामाथी एकल महिला कष्टकर जीवन बिताइ रहेकी उनलाई नागरिता नभएकै कारण राज्य बाट पाउने सेवा सुबिधाबाट बञ्चित बनेकी थिइन ।

ऊनको समस्या समाधान गर्ने वडा अध्यक्ष बाबुकुमार राई र अर्का समाजसेवी तथा व्यावसायि दलगाउ घर भएका बिक्रम राइले घर निर्माण गरिदिएको वडा सदस्य एकराज भुजेलले जानकारी दिए ।
जनप्रतिनिधिहरु अस्थायी प्रहरी चौकी दलगाउका प्रहरी भुजेलिथान समितिका स्वयंसेवक ,समाजसेवी स्थानीय लगाएत करिब ६० जनाको उपस्थितिमा घर निर्माण भएको हो । घर निर्माण भए पछि राई खुसी भएकी छिन । उनी भन्छिन ,”अब नेपाली नागरिकता बनाउन पाए बिजुली खानेपानी लगाएतका सेवा उपलब्ध भए मेरो दु:खका दिन जान्थे “। उक्त समस्यालाई छिट्टै समाधान गर्ने वडा अद्द्यक्ष राईले प्रतिबद्धता समेत जनाएका छन ।



