सुनसरी / आसन्न मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन अवधिभर सुनसरी जिल्लामा मादक पदार्थ बिक्री वितरण र सेवनमा रोक लगाइएको र निर्वाचनको अन्तिम मत परिणाम घोषणा नभएसम्मका लागि जिल्लाभर मादक पदार्थ बिक्री वितरण र सेवनमा रोक लगाइएको हो ।
सोमबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवद्वारा जारी सूचना अनुसार निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ६ (थ) मा भएको व्यवस्था र जिल्ला सुरक्षा समितिको निर्णयअनुसार २०७९ कार्तिक २० देखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि सुनसरी जिल्लाभर मादक पदार्थको ओसारपसार, बिक्री वितरण र सेवन कार्य निषेध गर्ने निर्णय गरेको छ ।
जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय गरी सम्बन्धित सबैको जानकारीको लागि उक्त सूचना सार्वजनिक गरिएको प्रजिअ यादवले जानकारी दिए ।