Saturday, December 7, 2024
देशकोशी प्रदेशइटहरीमा राजश्व कार्यालयको छड्के अनुगमन , व्यापारीहरूले विरोध गर्दै कार्यलय घेरे

इटहरीमा राजश्व कार्यालयको छड्के अनुगमन , व्यापारीहरूले विरोध गर्दै कार्यलय घेरे

सुनसरी / इटहरी ६ संगीत चौकमा रहेका केही पसलहरूमा इटहरीको आन्तरिक राजश्व कार्यालयले छड्के अनुगमन गर्दा व्यापारीहरूले भने विरोध पनि गरेका हुन् ।

आर्थिक तरलताकाबीच छापामार शैलीमा नियोजित ढंगले अनुगमन गरेर व्यापारीहरूलाई दुःख दिन खोजेको , आर्थिक तरलताका कारण व्यापारलाई प्रत्यक्ष असर परेको र व्यापारीहरू बैँकको बढेको ब्याज तिर्न नसकिरहेको समयमा राजश्वको छापाले गलत सन्देश दिने भन्दै व्यापारीहरूले छापामार शैलीमा भएको अनुगमनको विरोध गरिएको थियोे ।

इटहरीका व्यापारीहरूले अनुगमन रोक्न अनुरोध गरेको र त्यसमा राजश्व कार्यलयको समूह सकारात्मक भएको होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले बताए ।

सोही अनुगमनमा उद्योग वाणिज्य संघको अगुवाईमै होटल व्यावासायी संघ इटहरीका अध्यक्ष पराजुलीको नेतृत्वमा व्यापारीहरूले राजश्व कार्यालय गएर घेराउ समेत गरेका थिए र कर कार्यालयले व्यापारमै धराशयी हुनेगरी अनुगमन गरेको उनको व्यापारीहरूको आरोप छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img