Sunday, April 20, 2025
देशकोशी प्रदेशउर्लाबारीमा स्कुल बसले ठक्कर दिँदा एक वृद्धको मृत्यु
spot_img

उर्लाबारीमा स्कुल बसले ठक्कर दिँदा एक वृद्धको मृत्यु

सुनसरी : मोरङको उर्लाबारी नगरपालिका- ३ को थापा चोकमा स्कुल बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ६१८२ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको हो । मृत्यु हुनेमा उर्लाबारी- ८ का ८० वर्षीय भीमबहादुर तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यलय उर्लाबारीले जनाएको छ ।

पैदल हिँडिरहेका बेला हिजो बेला बिहान ६ बजेतिर पथरीशनिश्चरेमा रहेको पञ्चायत माध्यमिक विद्यालयको बसले तामाङलाई ठक्कर दिएको थियो भने गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनालगत्तै प्रहरीले बस र चालक पथरीशनिश्चरे नगरपालिका- ९ का ३० वर्षीय अनिल दंगाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img