Sunday, April 27, 2025
देशकोशी प्रदेशइटहरीमा १६ करोड २२ लाख लागतमा आधुनिक र सुविधा सम्पन्न बसपार्क बनाउने...
spot_img

इटहरीमा १६ करोड २२ लाख लागतमा आधुनिक र सुविधा सम्पन्न बसपार्क बनाउने तयारी

सुनसरी / इटहरीमा अत्याधुनिक सुविधा सम्पन्न तीन तले बसपार्क निर्माण कार्य सुरु गरिने भएको छ ।

इटहरी उपमहानगरपालिकाले नगर विकास कोषसँग ऋण लिएर इटहरीको पुरानो बसपार्क भएको ठाउँलाई व्यवस्थित गर्नका लागि १६ करोड २२ लाख १८ हजार रुपैयाँ लागतमा बसपार्क निर्माण हुने भएको हो ।

बिहीबार इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल र नगर विकास कोष काठमाण्डौँका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाबीच इटहरी बसपार्क निमार्ण गर्ने सम्झौता भएको थियोे ।

कोषको ७० प्रतिशत लगानी रहने बसपार्कमा इटहरीको ३० प्रतिशत लगानी रहने र एक बिघा क्षेत्रफलमा फैलिने बसपार्कको तल्लोतलामा टिकट काउन्टर, सोधपुछ कक्ष, प्रतीक्षालय, सभाहल, रेष्टुरेण्डसहितको हुने इटहरी उपमहानगरपालिका इन्जिनियर जीवन घिमिरेले बताए ।

एक वर्ष ६ महिनाभित्र सम्पन्न गर्नेगरी निर्माण हुने बताइएको छ । बसपार्कमा ५० वटा बस अट्ने , ढल व्यवस्थापन र डे«नसहितको सुविधा हुने उपमहानगरले जनाएको छ ।

मेयर हेमकर्ण पौडेलले इटहरी भएर नै ‘पूर्व–पश्चिम र उत्तर–दक्षिण चल्ने सवारी साधन गुड्ने हुनाले अरु सहरभन्दा सवारी साधनको चाप बढी हुने क्षेत्रलाई व्यवस्थित गर्न लागिएको बताए ।’बसपार्कमा पार्किङ नभएर चौरास्त चोक जभाभावी हुँदै आएकाले समस्या हुँदै आएको उनको भनाइ छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img