Monday, January 13, 2025
देशकोशी प्रदेशखाँदबारी बजारको एक घरमा लक्ष्मी पुजाको लागी बालेको दियोबाट एक घर नष्ट

खाँदबारी बजारको एक घरमा लक्ष्मी पुजाको लागी बालेको दियोबाट एक घर नष्ट

संखुवासभा / संखुवासभा सदरमुकाम खाँदबारी बजारमा आइतबार मध्यराति एक घरमा आगलागी भएको छ । खाँदबारी नगरपालिका- १ नेपाली सेनाको गुल्मभन्दा तलपट्टिको घरमा आगलागी भएको हो।

लीला राईको घरमा आगलागी भएपछि राईको घर ध्वस्त भएको छ। प्रहरी, सेना र स्थानीय बासिन्दाको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको थियो । आगलागीबाट घर ध्वस्त भए पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी संखुवासभाले जानकारी दिए । घरमा राखेका लत्ताकपडा र खाद्यान्न जलेका छन् भने नगद ३१ हजार रुपैयाँ पनि जलेको घर राईले बताएका छन् ।

लक्ष्मी पुजाको लागी बालेको दियोबाट आगो सल्केर आगलागी भएको प्रहरीले जनाएको छ । राती करिव ११ः४६ बजे सुतिरहेको अवस्थामा पुजा गरेको कोठाबाट आगो लाग्न सुरु हो । राईको काठ र टिनबाट बनाईएको एक तले घर थियो ।

पुजा कोठा बाहेकको अर्कै कोठामा सुतेकोले आगो धेरै सल्किए पछि मात्र थाहा पाएको कारण कुनै पनि सामान निकाल्न नसकिएको परिवार श्रोतले जनाएको छ । राईको काठ र टिनबाट बनाईएको एक तले घर थियो ।

पुजा कोठा बाहेकको अर्कै कोठामा सुतेकोले आगो धेरै सल्किए पछि मात्र थाहा पाएको कारण कुनै पनि सामान निकाल्न नसकिएको परिवार श्रोतले जनाएको छ । घर परिसरमा पार्किङ गरी राखिएको एक अटो (टेम्पो)मा पनि आगोले क्षति पुर्‍याएको जानकारी छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img