देशकोशी प्रदेशटेम्केमैयुङ वडा नम्बर ४ नागीद्वारा तीन महिने आइसीटी तालिम सम्पन्न

टेम्केमैयुङ वडा नम्बर ४ नागीद्वारा तीन महिने आइसीटी तालिम सम्पन्न

भोजपुर / प्रविधिमैत्री शिक्षामा जोड दिन भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर -४ नागीद्वारा तीन महिने कम्प्युटर सम्बन्धि आइसीटी तालिम सञ्चालन गरेको छ ।

वडा कार्यालयले शिक्षक तथा कर्मचारीलाई प्रविधिमा दक्ष बनाउदै, प्रविधिमैत्री पठन/पाठनमा जोड दिन तालिम सञ्चालन गरेको हो । तीन महिने तालिममा एक सय ३५ जनाले प्रविधि सम्बन्धि तालिम लिएका छन् । तालिम पश्चात विद्यालयको कार्यसम्पादनसँगै शैक्षिक सुधार हुने अपेक्षा लिएको वडाध्यक्ष हर्कराज राईले बताए ।

शिक्षक तथा कर्मचारीहरुमा कम्प्युटर सम्बन्धि राम्रो ज्ञान नहुँदा प्रविधिमैत्री शिक्षा गुणस्तरिय हुन नसकेको ठहर गर्दै एक माध्यमिकसहित तीन ओटा विद्यालयका शिक्षक तथा कर्मचारीलाई दिएको वडाध्यक्ष राईले बताए ।

शिक्षणलाई प्रविधिमैत्री बनाउदै शैक्षिक सुधार गर्नको लागि तीन महिने तामिल दिएका हौँ” वडाध्यक्ष राईले भनाई छ । युवालाई लक्षित गरेर प्रविधिमा जोडेर स्वरोजगार भन्नका लागि तालिम गरिएको उनको भनाइ छ ।

उनलेे भने “वडा भित्र तीन ओटा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई तालिम दिएका छौँ । यसबाट शैक्षिक गुणस्तरमा केहि सुधार आउछ भन्ने हामीले अपेक्षा लिएका छौँ ।”

तालिम पश्चात पोत्साहन स्वरूप ८५ जनालाई प्रमाण पत्र वितरण गरिएको थियोे । सोहि अवसरमा कार्यसम्पादनमा सहजता थप्ने उद्धेश्यले स्वास्थ्य चौकीका कर्मचारीलाई समेत तालिम दिएको थियोे । वडा कार्यालयले यसअघि शिक्षक सिकाई क्रियाकलापलाई गुणस्तरिय बताउनको लागि शिक्षक तथा अभिभावकलाई पनि तालिम दिएको थियोे ।

 

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img