काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गरेका छन्।
उदयपुरको त्रियुगा नगरपालिका-६ स्थित उद्योग पुगेर प्रधानमन्त्रीले प्लान्ट लगायतका महत्वपूर्ण संरचनाहरूको अवलोकन गरे। उद्योगका महाप्रबन्धक खगेन्द्रबहादुर बस्नेतले उद्योगको वर्तमान अवस्थाबारे जानकारी दिए।
प्रधानमन्त्री दाहालले उद्योगलाई वर्तमान अवस्थामा नराखी आधुनिकीकरण गर्नुपर्नेमा जोड दिए। उनले उद्योगको समस्यालाई गम्भीररूपमा लिएको उल्लेख गर्दै दीर्घकालीन रूपमा सञ्चालनका लागि सरकार तयार रहेको बताए।
उदयपुर सिमेन्ट नेपाल र जापान सरकारको संयुक्त लगानीमा स्थापित एक सरकारी सिमेन्ट उद्योग हो।