Monday, May 19, 2025
देशकोशी प्रदेशपर्यटकको पखाईमा तेह्रथुमको चाङलुङ गुफा
spot_img

पर्यटकको पखाईमा तेह्रथुमको चाङलुङ गुफा

spot_img

तेह्रथुम – तेह्रथुमको छथर गाउँपालिकाको काखमा रहको चाङलुङ गुफाले पर्यटकलाई पर्खेर बसिरहेको छ ।

केही समय अघि सम्म पर्यटकले थाहा नपाएको गुफा अहिले स्थानीयले कानमा सुन्ने गरेका छन् । सुनैबरमा स्थानीय व्यक्तिहरू त्यहाँ पुग्दा रमाइलो लागेर प्रचार प्रसार जुटे अहिले स्थानीय देखि आन्तरिक पर्यटकले पनि थाहा पाएका छन् । धनकुटाको सिधुवादेखि सवारी साधनमा करिब १ घण्टामा पुग्न सकिने गुफा पछिल्लो समय पर्यटकहरूको रोजाइमा पर्न थालेको छ । आन्तरिक पर्यटकहरूको रोजाइमा रहेको गुफामा पछिल्लो समय दैनिक ५० देखि १ सयजना गुफा अवलोकनमा आउने गरेका छन् ।

खासगरी मेला पर्वहरूमा भने पर्यटकहरूको घुइँचो हुन गर्छ चारैतिर हरियाली वनको काखमा रहेको गुफासँगै निर्माणधीन भ्यूटावरमा पर्यटकहरू रमाउने गरेका छन् । गुफा क्षेत्रमा आवातजावात सहज बनाउनका लागि सिडी तथा रेलिङहरू निर्माण गरिएको छ । यो गुफामा दर्शन गरी भाकल गरे मनोकांक्ष पूरा हुने विश्वास रहँदै आएको छ । स्थानीय युवाहरूको सक्रिय तथा ताक्लुङ तक्मीनाक्ला संरक्षण समितिको अगुवाईमा गुफालाई संरक्षण सम्वद्र्धनमा जुटेपछि प्रचारमा आउन थालेको थियो ।

छथर गाउँपालिकाले गुफालाई पर्यटकीय रूपमा विकास गर्न बजेट पनि छुट्टाएको छ । अर्को तर्फ रकम विनियोजनपछि गुफामा भ्यूटावर निर्माण चारैतिर सिंडीहरू, चौतारीका साथै विभिन्न गुफाहरू पहिचान गरिएको छ । ढुंगैढुंगाको चाङ रहेको लिम्बू भाषामा चाङलुङको रूपमा भनिँदै आएको चाङलुङ अपभ्रंश भई गुफाको नाम ‘च्याङलुङ’ रहन गएको संरक्षण समितिका पूर्वअध्यक्ष सचिव कमानसिंह आंखेवाले बताए ।

यो गुफाबाट परापूर्वकालमा एकजना बिज्वानी र कुकुरसँगै छिर्दा बिज्वानी बीचैमा हराए पनि कुकुर भने सुदापकै डाँडेगौडा भन्ने स्थानमा निस्किएकाले गुफाको माथिल्लो भागलाई कुकुर छिर्ने भनिएको किंम्बदन्ती रहेको स्थानीयको भनाइ छ । गुफा परिसरमा पर्यटकहरूलाई आकर्षित गर्न विभिन्न पार्क निर्माण सुरु गरिएका छन् ।

गुफाको भ्यूटावरमा बाघको आकृति निर्माण भइरहेको छ । गुफाको प्रचारप्रसार संरक्षण तथा संवद्र्धनका लागि स्थानीय सरकारले रकम विनियोजनपछि भौतिक निर्माणका कामहरू गर्दै आएको छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले बताए । गुफालाई छथर क्षेत्रको मात्र नभई जिल्लाकै पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न स्थानीय सरकारले चासो राखेको अध्यक्ष लिम्बूले बताए ।

पर्यटन प्रवद्र्धनका सम्भावनाहरूको खोजी गर्दै गुफालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सके पर्यटकहरू भित्र्याउन मात्र नभई यहाँका नागरिकहरूलाई आर्थिक रूपमा समृद्ध बनाउन सकिनेछ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img