Monday, January 13, 2025
देशकोशी प्रदेशभोजपुरमा सुरु हुँदैछ ऐतिहासिक सांस्कृतिक तथा कृषि मेला

भोजपुरमा सुरु हुँदैछ ऐतिहासिक सांस्कृतिक तथा कृषि मेला

कोशी | माघ १ देखि ५ गतेसम्म भोजपुरको चखेवा टेम्केमैयुङ गाउँपालिकाको आयोजनामा सांस्कृतिक तथा पर्यटन कृषि मेला हुने भएको छ।

पर्यटन प्रवर्द्धन, स्थानीय कृषि उत्पादनको प्रोत्साहन, र आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको यस मेलाको उद्घाटन पर्यटनमन्त्री बद्री पाण्डेले गर्ने कार्याक्रम तय भएको आयोजकले जनाएको छ । सोही अवसरमा “मुन्धुम ट्रेल भ्रमण वर्ष २०२५” को औपचारिक उद्घाटनसमेत गरिने छ।

मेलाको पहिलो दिन टेम्के डाँडामा धार्मिक स्थल भ्रमण र अवधारणापत्र प्रस्तुतिको कार्यक्रम राखिएको छ। माघ २ गते चण्डी नाच (साकेला नृत्य) प्रदर्शन हुनेछ। माघ ३ गते पर्यटनसँग सम्बन्धित व्यक्तित्वहरूबीच विशेष पर्यटन बहस कार्यक्रमको आयोजना हुनेछ। माघ ४ गते धनुषवाण प्रतियोगिता र राष्ट्रिय कलाकारहरूको प्रस्तुति हुनेछ। यस दिन मनोज गजुरेल, भीषण मुकारूङ, र अन्य कलाकारहरूले विशेष प्रस्तुति दिनेछन्। माघ ५ गते समापन कार्यक्रममा गायक शिव परियारको प्रस्तुति रहनेछ।

गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतका अनुसार मेलाको क्रममा अग्रज कलाकार, साहित्यकार, र गाउँपालिकाका योगदानकर्ताहरूलाई सम्मान गरिनेछ। उपाध्यक्ष रमा देवी राईले मेला स्थानीय कृषि उत्पादन प्रवर्द्धन र मुन्धुम ट्रेललाई विश्वभर चिनाउने एउटा महत्वपूर्ण अवसर हुने बताईन ।

गाउँपालिकाले भ्रमण वर्ष र मेलाको माध्यमबाट एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। भोजपुर, खोटाङ, र संखुवासभाको सिमानामा रहेको मुन्धुम ट्रेललाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सन् २०२५ लाई “मुन्धुम ट्रेल भ्रमण वर्ष” घोषणा गरिएको हो।

IMG 20250107 185910 scaled

मुन्धुम ट्रेल प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा, र पैदलयात्राका लागि उत्कृष्ट गन्तव्यका रूपमा चर्चित छ। यस पदमार्गबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा, ल्होत्से लगायतका हिमशृंखला हेर्न सकिन्छ। २०७५ कात्तिकमा नेपाल सरकारले घोषणा गरेको १०० पर्यटकीय गन्तव्यमा समावेश यो पदमार्गले धार्मिक, सांस्कृतिक र मनोरञ्जनात्मक मेलाहरूको समेत महत्व बोकेको छ।

मुन्धुम ट्रेलको सुरूवात बिन्दु तावाभञ्ज्याङ्ग हो, जसले भोजपुर, खोटाङ, सोलुखुम्बु र संखुवासभा जिल्लालाई जोड्ने पदमार्गको रूपमा सेवा पुर्‍याउँदै आएको छ।

temke bigyapan final.jpg

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img