Sunday, July 13, 2025
देशमधेस प्रदेशवीरगन्ज नाकामा भेटिए कोरोना संक्रमित

वीरगन्ज नाकामा भेटिए कोरोना संक्रमित

spot_img

वीरगन्ज | झन्डै डेढ वर्षपछि वीरगन्ज नाकामा पुनः कोरोना भाइरसको संक्रमण देखिएको छ। वीरगन्ज–१६ इनर्वास्थित शंकराचार्य नाकामा रहेको कोभिड हेल्थ डेस्कमा भारतबाट आएका दुई भारतीय बालकमा संक्रमण पुष्टि भएको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाका अधिकृत सुमनचन्द्र ठाकुरले जानकारी दिएका छन्।

संक्रमण पुष्टि भएका बालकहरू भारतको बिहार राज्यका हुन्। एक जना १४ वर्षीय बालक छौडादानोका र अर्का १४ वर्षीय पिपराका (मोतिहारी) का हुन्। ठाकुरका अनुसार असार ३ गते छौडादानोका बालक र असार ७ गते पिपराका बालकमा गरिएको एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो।

संक्रमण पुष्टि भएसँगै दुवै बालकलाई नेपाल प्रवेश अनुमति नदिई फिर्ता पठाइएको हो। पछिल्लो समय भारतका विभिन्न राज्यहरूमा पुनः संक्रमण बढ्दै गएको सूचना आएपछि वीरगन्ज नाकास्थित हेल्थ डेस्कमा पुनः स्क्रिनिङ प्रक्रिया कडाइ गरिएको छ।

हेल्थ डेस्कमा विशेषगरी भारतबाट लामो यात्रा गरि नेपाल आउने यात्रुहरूको ज्वरो, रुघाखोकी देखिएमा मात्र एन्टिजेन परीक्षण गरिन्छ। ठाकुरका अनुसार यसअघि २०८० पुस २६ गते एक नेपाली र एक भारतीय नागरिकमा कोरोना संक्रमण भेटिएको थियो। त्यसयता हालसम्म पुनः संक्रमण देखिएको यो पहिलो घटना हो।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img