Thursday, July 17, 2025
मौसमआगामी २४ घण्टा: पहाडी भेगमा भारी वर्षाको सम्भावना

आगामी २४ घण्टा: पहाडी भेगमा भारी वर्षाको सम्भावना

spot_img

हेटौँडा | नेपालमा हाल मनसुनी वायुले सक्रिय प्रभाव पारिरहेकाले आगामी २४ घण्टासम्म विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले असार ११ गते साँझ ६ बजे जारी गरिएको पूर्वानुमानमा आज राति र भोलि दिनभर देशका अधिकांश स्थानमा आंशिकदेखि साधारण बदली रहने उल्लेख गरिएको छ।

राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिकदेखि साधारण बदली रहनेछ। यी प्रदेशहरूसहित अन्य पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि देखिएको छ।

- Advertisement -

भोलि दिउँसो देशभर आंशिकदेखि साधारण बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागमा केही स्थान र बाँकी भू-भागमा थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्नेछ। कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरीको सम्भावना पनि रहेको छ।

मौसमविद्हरूले पहाडी र हिमाली क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन र आवश्यक परे सुरक्षित स्थानमा बस्न सुझाव दिएका छन्।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img