देश

स्वतन्त्र पत्रकार सङ्घमा पुनः बास्तोला निर्वाचित

नवलपुर (गैंडाकोट) | स्वतन्त्र पत्रकार सङ्घ नेपालको पाँचौँ अधिवेशन तथा १४औँ वार्षिक साधारण सभा गैंडाकोटमा सम्पन्न भएको छ। अधिवेशनले कृष्णप्रसाद बास्तोलालाई पुनः अध्यक्षमा चयन...

मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु, दुई घाइते

हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ मोरेमा बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बिहीबार अपराह्न...

बागमतीमा १० वर्षमा १,०३८ जनाको ज्यान गयो

हेटौँडा । बागमती प्रदेशमा पछिल्लो १० वर्षमा भएका विभिन्न विपद्का घटनामा परी १ हजार ३८ जनाले ज्यान गुमाएका छन्। प्रदेशको आन्तरिक मामिला तथा कानुन...

बागमती प्रदेशमा करिब ८०० कर्मचारीको जागिर जाने

हेटौँडा । बागमती प्रदेश सरकारले प्रशासनिक संरचना सुदृढीकरण गर्ने उद्देश्यले मन्त्रालय सङ्ख्या घटाउने र ठूलो सङ्ख्यामा कर्मचारी दरबन्दी कटौती गर्ने प्रस्ताव अघि बढाएको छ।...

हेटौँडामा एमाले प्रदर्शन कभर गर्ने पत्रकारमाथि दुर्व्यवहार, स्वतन्त्र पत्रकार संघ मकवानपुरको आपत्ति

हेटौँडा | आइतबार नेकपा एमालेद्वारा आयोजित प्रदर्शनको रिपोर्टिङका क्रममा सञ्चारकर्मीमाथि दुर्व्यवहार भएको घटनाप्रति स्वतन्त्र पत्रकार संघ मकवानपुरले गम्भीर आपत्ति जनाएको छ। हेटौँडामा नेकपा एमालेले...

शासन सुधारका १०० कार्यसूची सार्वजनिक : मन्त्रालय घटाउनेदेखि सम्पत्ति छानबिनसम्म सरकारका निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले शासन प्रणालीमा व्यापक सुधार ल्याउने दाबीका साथ ‘शासकीय सुधारका १०० कार्यसूची’ सार्वजनिक गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह...

१२ घण्टामै कार्यान्वयन: रास्वपाको बाचा नम्बर २ पूरा, ओली र रमेश लेखक पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावअघि गरेको प्रमुख प्रतिबद्धता कार्यान्वयन गर्दै पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री...

सुधन गुरुङ गृहमन्त्री बनेसँगै ओली–लेखकमाथि दबाब, कार्की आयोग प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने सरकारको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहको नेतृत्वमा शुक्रबार गठित सरकारले पहिलो निर्णयमै उच्च संवेदनशील विषय उठाउँदै जेनजी आन्दोलनसँग सम्बन्धित कारबाही...

स्यार्से कालिका मन्दिरमा शतचण्डी महायज्ञ हुँदै

हेटौँडा | मकवानपुरको कैलाश गाउँपालिका–९ नामटारस्थित करिब चार सय वर्ष पुरानो शक्तिपीठ स्यार्से कालिका मन्दिरमा शुक्रबार शतचण्डी महायज्ञ आयोजना हुने भएको छ। स्यार्से कालिका मन्दिर...

बेहुलीझैँ सिङ्गारियो हेटौँडाको पाथिभरा मन्दिर

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१, भैरबडाँडामा अवस्थित चर्चित धार्मिक तथा पर्यटकीय स्थल पाथिभरा मन्दिर नवरात्रअन्तर्गत भोलि बिहीबार हुने महाअष्टमी पूजाको अवसरमा बेहुलीझैँ सिङ्गारिएको छ। हरेक वर्ष...