बागमती प्रदेशमकवानपुरबेहुलीझैँ सिङ्गारियो हेटौँडाको पाथिभरा मन्दिर

बेहुलीझैँ सिङ्गारियो हेटौँडाको पाथिभरा मन्दिर

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१, भैरबडाँडामा अवस्थित चर्चित धार्मिक तथा पर्यटकीय स्थल पाथिभरा मन्दिर नवरात्रअन्तर्गत भोलि बिहीबार हुने महाअष्टमी पूजाको अवसरमा बेहुलीझैँ सिङ्गारिएको छ।

हरेक वर्ष आयोजना हुँदै आएको पाथिभरा महोत्सवको मुख्य आकर्षणका रूपमा महाअष्टमी पूजाको सम्पूर्ण तयारी पूरा गरिएको पाथिभरा मन्दिर संरक्षण समितिले जनाएको छ। समितिका अध्यक्ष केशवप्रसाद देवकोटाका अनुसार चैत १२ गते बिहान ७:०० बजेबाट सुरु हुने मुख्य पूजामा विभिन्न झाँकी, बाजागाजा, नेपाली सेना तथा नेपाल प्रहरीको सलामीसहित विशेष कार्यक्रम तय गरिएको छ।

यस वर्षको १९औँ पाथिभरा महोत्सवलाई थप आकर्षक बनाउन मन्दिर परिसरमा आकाशबाट पुष्पवृष्टि गर्ने तयारीसमेत गरिएको अध्यक्ष देवकोटाले बताए। साथै, चैत २ गतेदेखि सञ्चालनमा रहेको सहस्र चण्डी महायज्ञ आगामी आइतबार समापन हुने जानकारी पनि समितिले दिएको छ।

बागमती प्रदेशको राजधानी हेटौँडामा अवस्थित पाथिभरा देवीको दर्शन गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण यहाँ आन्तरिक तथा बाह्य भक्तजनहरूको उल्लेख्य भीड लाग्ने गरेको छ। पाथिभारा मन्दिर पुग्न नसक्ने भक्तजनहरूका लागि हेटौँडास्थित यस मन्दिरमा दर्शन गर्दा पनि उस्तै फल प्राप्त हुने जनविश्वास रहिआएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img