Thursday, April 24, 2025
समाजमकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
spot_img

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं, ८ फागुन | मकवानपुरको हेटौडा उपमहानगरपालिका–८ कमानेमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय २५ वर्षीय बिक्रम वाईबा रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा हेटौडा अस्पतालमा मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकलमा पछाडी सवार ३१ वर्षीय रमेश बलको सोही अस्पतालमा उपचार भइरहेको छ ।

शनिबार राति सवा १ बजे कमानेबाट क्याम्पडाँडातर्फ आउदै गरेको ना ६३ प ७४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिएको वडा प्रहरी कार्यालय हेटौडाले जनाएको छ ।-File Photo

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img