काठमाडौं :
अभिनेता पल शाहले आफूमाथि कर णी ग रेको होइन भन्दै नाबालिग गायिकाले अदालतमा होस्टाइल गरेपछि यो मुद्दामा अब के हुन्छ भनेर धेरैले प्रश्न उठाएका छन्। पीडितले जाहेरीमाभन्दा उल्टो बकपत्र गरेपछि अब पललाई उन्मुक्ति मिलेको जसरी सार्वजनिक चर्चा भइरहेको छ। तर साक्षी वा पीडितले उल्टो बकपत्र गर्दैमा कसुरदारले उन्मुक्ति पाउँदैनन्।
अरू प्रमाणले बकर णी भएको पुष्टि भए पल शाह दोषी नै ठहर हुने छन्। अन्य प्रमाण भनेको जाहेरी दरखास्त, पीडित र साक्षीले प्रहरीमा गरेको कागज, पीडितको स्वास्थ्य परीक्षण, सार्वजनिक भएको अडिओ रेकर्ड र अन्य साक्षीका बयान हुन्। एक प्रहरी अधिकृत भन्छन्, ‘नाबालिगले यसअघि प्रहरी र सरकारी वकिलसँग आफूमाथि कर णी भएको भनेर बयान दिएको हुँदा उनीमाथि पनि सजाय हुन सक्छ । साथै, जाहेरीकर्ता बुवामाथि पनि ।’
नाबालिग गायिकाको उमेर १७ वर्ष भनिएको छ । नेपालको कानून अनुसार १६ वर्षदेखि १८ वर्षको व्यक्तिले कुनै कसुर गरेमा उसलाई उमेर पुगेको व्यक्तिलाई हुन सक्ने सजायको दुई तिहाइ सजाय हुन सक्छ । १४ वर्षको उमेरसम्मको नाबालिगलाई सुधार गृह राख्न सकिने विकल्प भए पनि १६ वर्षमाथिका लागि यो विकल्प छैन । त्यसैले गायिकामाथि ६ वर्षको दुई तिहाइ अर्थात् ४ वर्षसम्म सजाय हुन सक्ने ती अधिकृतको तर्क छ ।
ज बर्ज स्ती कर णी मुद्दामा अदालतमा जाहेरवालाले बयान फेर्दा पीडित भनिएकालाई नै सजाय भएका थुप्रै घटना छन् । केही साताअघि मात्रै अछाम जिल्ला अदालतले ज’बर’ज’स्ती कर’ णी मुद्दामा बयान फेरेको भन्दै १९ वर्षीय युवतीलाई साढे ३ वर्ष कैद सजाय गरेको थियो । आरोपी विरुद्ध माग गरिएको ७ देखि १० वर्ष सजायका आधारमा ती युवतीलाई सजाय निर्धारण गरिएको थियो।
मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ४४ मा अदालतमा बयान फेर्ने जाहेरवालालाई तीन महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । त्यस्तो अवस्थामा आरोपीलाई क्षतिपूर्तिको समेत व्यवस्था कानूनले गरेको छ । तर २०७७ सालमा अध्यादेशमार्फत जब’रज’स्ती कर’णी मुद्दामा बयान फेर्ने जाहेरवालाको हकमा छुट्टै सजायको व्यवस्था गरिएको थियो । उक्त अध्यादेश संसदबाट अनुमोदन नभए पनि पटक पटक जारी हुँदै आएको छ । पछिल्लो पटक २२ चैतमा जारी भएकाले यो अध्यादेश अहिले सक्रिय अवस्थामा छ ।
आजभन्दा धेरै वर्ष पहिले कैलालीको एक गाउँमा एउटा घटन कटानपुर बस्ने भिम भनिने भिसेन बहादुर साउदले एक रात एक महिलामाथि ब’ला’त्का’र गरेका थिए। ती महिला २०६६ असार ४ गते साँझ खाना खाएर कोठामा सुतेकी थिइन्। राती ११ बजेतिर भिम उनको कोठामा पुगेर उनको मुख थुनिदिए। त्यसपछि बला’त्का’र ग’रे। उनको पन्जाबाट फुत्केपछि महिलाले होहल्ला गरी चि’च्या’इन्। उनी कोठाबाट भागे।
पीडितका पतिले जाहेरी दिएपछि भिम पक्राउ पर्यो। उनीविरूद्ध अदालतमा मुद्दा दर्ता भयो। त्यसपछि पीडित र उनी पक्षका सबैले जाहेरी र प्रहरीमा दिएको बयान विपरीत हुने गरी ‘ भीमसेन बहादुरले ब’ला’त्कार नगरेको’ भन्ने बकपत्र गरे। जिल्ला अदालत कैलालीले भने पीडित र उनका साक्षीहरूले उल्टो बकपत्र गरे पनि कन्थे भन्ने कर्णबहादुर दोषी रहेको ठहर गर्यो।
दोषीलाई जेल सजाय र क्षतिपूर्ति भराउने फैसला गरेपछि झुटो बकपत्र गरेको भन्दै साक्षीहरूलाई पनि पाँच सय जरिवाना तिरायो। यो मुद्दामा घटनाको आठ वर्षपछि बल्ल अन्तिम फैसला भयो। सर्वोच्चले पुनरावेदन अदालतको फैसला उल्टाइदियो। न्यायाधीश चोलेन्द्र शमसेर जबरा र विश्वम्भर श्रेष्ठको इजलासले २०७४ फागुनमा कर्णबहादुरलाई पाँच वर्ष कैद र उनीबाट पीडितलाई २५ हजार तिराउने फैसला गर्यो।



